अर्घाखाँचीका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे, मतदाता परिचयपत्र वितरण गरिदै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि अर्घाखाँचीका ६ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ६ पालिकाका मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगको कार्यक्रमबमोजिम वैशाख २७ गते   ६ पालिकाका मतदान  केन्द्रमा मतदान पुगेका छन् । यस्तै आज बुधबार र भोली बिहीबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम   छ ।
मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूचीबमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् । निर्देशिका अनुसार मतदान केन्द्र, मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग  नगर्ने तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् । 
 सबै मतदान केन्द्रमा मतदान अधिकृत, मतपत्र र मतपेटिकासहित ५७ प्रकारका सामग्री पुगेका छन् ।  

अन्य समाचारहरु