अर्घाखाँचीमा मौन अवधिको बेला एमालेद्धारा व्यापक आचारसंहिता उल्लंघन, मतदातालाई प्रभावित गर्ने प्रयास

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को मौन अवधिमा नेकपा (एमाले) का नेता कार्यकर्ताहरुले आचारसंहिता उल्लंघन गरेका छन् । 
एमालेका नेता कार्यकर्ताहरुले जिल्लाको अर्घा भगवती एयरपोर्ट र सालझण्डी ढाेरपाटन सडकमा एमाले नेताले बजेट पारेको भन्दै मौन अवधिमा नेकपा (एमाले) का नेता कार्यकर्ताहरुले आचारसंहिता उल्लंघन गरेका हुन् ।
यतिबेला एमालेका नेता कार्यकर्ताहरुले मतदातालाई प्रभावित गर्न “नेकपा एमालेका केन्द्रीय सचिव टाेप बहादुर रायमाझी ज्युकाे अथक प्रयासबाट सालझण्डी ढाेरपाटन सडकका लागि  रू. १अर्ब ५१ कराेड स्वीकृत,  अर्घा भगवती एयरपोर्टका लागि रू.१० कराेड रूपैयाँकाे टेण्डर परेको” भन्दै सामाजिक संजालमा व्यापक प्रचार प्रसार गरेका छन् । 
मंगलवारको टेन्डर आव्हान
सालझण्डी ढाेरपाटन सडक र अर्घा भगवती एयरपोर्टका लागि हिजो मंगलवार एक टेन्डर आव्हान गरिएको थियो ।  टेन्डर आव्हानसँग टाेपबहादुर रायमाझीको नाम जोडेर मतदातालाई प्रभावित गर्न प्रयास गरेका छन् । 
यस्तै जिल्लाभर एमालेका नेता, कार्यकर्ताहरु आचारसंहिता उल्लंघन गर्दै गाउँ – गाउँमा मतदातालाई प्रभावित गर्न लागिपरेको गठबन्धनले आरोप लगाएको छ ।  
निर्वाचन आचारसंहिता २०७९ अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृसंगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाईँदैन ।
टेन्डर आव्हानसँग टाेपबहादुर रायमाझीको नाम जोडेर सामाजिक संजालमा प्रचार गरिएको छ । 

अन्य समाचारहरु