मतदाता गाउँ फर्केपछि सन्धिखर्क बजार सुनसान

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकोे सदरमुकाम सन्धिखर्कमा रहेका बजार सुनसान छन् । केही दिन अघि सम्म  निकै चहलपहल हुने अर्घाखाँची सदरमुकाम सन्धिखर्कका  गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । 
आजदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो । जनताको घर आँगनसँग जोडिने स्थानीय सरकार चयनका लागि मतदाता आआफ्ना घर तथा गाउँ बस्तीमा पुग्दा सदरमुकाम सन्धिखर्क छुुटै अनुहायीकोे रुपमा देखिएको छ । सडक सुनसान छन् । चोक चोकमा नागरिकमा एक प्रकारको उत्साह छ । 
नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वासका बीच आज मतदान भइरहेको हो । कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही कसैलाई बोकेर पनि नागरिकले ल्याएका छन् । अर्घाखाँची जिल्लामा पनि केही मतदान स्थलमा बाहेक अन्य ठाँउमा शान्तिपुुर्ण मतदान भईरहेको छ 
आमाको किरिया बसेका तीन दाजुभाइले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न २ बाट नेकपा एमालृेबाट मेयरका प्रत्यासि कृष्ण प्रसाद श्रेष्ठ लगायत अन्य २ दाजुभाईले २ मा रहेको अर्घाखाँची आबशीयबाट मतदान गरेका छन् यसबाट पनि निर्वाचनको महत्वलाई थप उजागर गरिदिएको छ । नेपालले आत्मसात् गरेको सङ्घीयता तीन तहको मान्यतामा आधारित छ । राष्ट्रियस्तरमा सङ्घीयरुपमा नेपाल सरकार, सात प्रदेश सरकार र स्थानीय तहको ७५३ वटा सरकार । यी तीनवटै सरकारलाई संविधानले स्पष्टरुपमा आआफ्ना दायरा र क्षेत्र छुट्याइदिएको छ । देशभरका ७५३ स्थानीय तहमा आज एकै चरणमा निर्वाचन भएको हो । 
कूल छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व पाउँदैछ । जसअन्तर्गत आज अर्घाखाँची जिल्लामा ६१ वडा ६ स्थानीय तहको नयाँ नेतृत्वका लागि स्वतन्त्र र विभिन्न राजनितिक दलका उम्मेदरबार खुल्ला मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् । 
पहिला पहिला पञ्चायति व्यबस्था र बहुदलीय व्यबस्थाका लागि भएका चुनाबमा भन्दा आज लोेकतन्त्र र गणतन्त्र स्थापना भएपछि भएको चुनाबमा जनताले आफुले चुन्ने निर्वाचन प्रक्रिया साहै फराकिलोे भएको अर्घाखाँचीका बासिन्दाको भनाई रहेकोे छ ।

अन्य समाचारहरु