मत गणना शुरु भएको २ दिन बढी हुँदा पनि अहिलेसम्म कुनै पालिकाले समयभित्रै सम्पन्न गरेका छैनन् ।
मत गणना ढिलाई गरेको भन्दै मत गणना स्थलमा पर्खेर बसेका राजनीतिक दलका कार्यकर्ताहरु अक्रोसित भएका छन् । साथै अर्को स्थानमा मतगणनाका लागि थप गर्न माग गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था नभएको बताउदै आएको छ ।
उता जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहँदा मालारानी गाउँपालिका र भूमिकास्थान नगरपालिकामा मात्र गठवन्धनको अग्रता रहेको छ ।
जिल्लाका २० वटा वडाहरूकाे मतगणना सम्पन्न भएकाे छ ।
नेपाली कांग्रेस
१) सन्धिखर्क-१, माधव श्रेष्ठ
२) भुमिकास्थान-१, गाेपाल प्रसाद खनाल
३) पाणिनी-१, कमल पाेख्रेल
४) पाणिनी-२, चन्द्रकान्त पाैडेल
५) छत्रदेव-५, बालकृष्ण पाेख्रेल
६) शितगङ्गा-१, मान बहादुर सिंजापती
७) शितगङ्गा-१४, दामोदर न्यौपाने
८) सन्धिखर्क-१२, नारायण खड्का
नेकपा (एमाले)
१) भुमिकास्थान-१०, खगेश्वर पन्थी
२) पाणिनी-८, राेमबहादुर पाण्डे
३) मालारानी-१, दधिराम आचार्य
४) छत्रदेव-४, भिमलाल खनाल
५) पाणिनी-७, गुनाखर अधिकारी
६) छत्रदेव-१, काजिबाबु ज्ञवाली
७) छत्रदेव-८, भीष्म कुँवर
८) शितगंगा-१३, दुर्गा बहादुर बि.सी.
९) मालारानी-८, नरेन्द्र बस्नेत
नेकपा (माओवादी केन्द्र)
१) मालारानी-९, महेन्द्रबाबु खनाल
२) मालारानी-२, योगेन्द्र भुसाल
राष्ट्रिय जनमोर्चा
१) भुमिकास्थान-२, बुद्धि बहादुर थापा