त्रिशुली नदीमा मलामी चोखिन पसेका दुई युवक डुवेर वेपत्ता

धादिङ, जेष्ठ २४ – धादिङको गजुरी गाविस- २ फुर्केखोला नजिकैबाट मलामी चोखिन त्रिशुली नदीमा पसेका दुई युवक सोमबार साँझ डुवेर वेपत्ता भएका छन् ।


धादिङको चैनपुर – ९ घर भएका २१ वर्षिय गोविन्द मंग्राती र २२ वर्षिय वुद्धिमान मंग्राती त्रिशुली नदीमा डुवेर हराइरहेका हुन् । आफन्तको दाहसंस्कार गरेर त्रिशुली नदीमा मलामी चोखिनेक्रममा साँझ ६ वजेतिर दुवै जना नदीमा वेपत्ता भएका हुन् ।


नदीमा हराइरहेकाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।