डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाणिनी गाउँपालिकाको कार्यपालिका सदस्यको लागि शनिवार भएको निर्वाचनमा पाँच दलिय गठबंधनका ६ जनासदस्य विजय भएका छन ।
स्थानीय निकाय निर्वाचनमा वडा सदस्यमा निर्वाचित मध्येवाट ४ जना मध्ये तारा पौडेल ,राधा घिमिरे,लक्ष्मी सुनाखरी ,शान्ता गौतमनिर्वाचित भएका छन । दलित वा अल्पसंख्यक सदस्य २ जनाको लागी भएको निर्वाचनमा पाणिनि गाँउ पालिका वडा नं ३ खिदिम देखीमान वहादुर विक ले २२ मत र पाणिनि ८ पाली देखी विन्दु परियार २३ मत प्राप्त गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।
गाँउ कार्यपालिकामा वहुमतको लागी अभ्यास गरेको नेकपा एमालेकै सदस्यको एक मत गठबंधनले प्राप्त गर्न सफल हुनु पाँच दलियगठबंधनलाई स्पष्ट वहुमत ल्याउने आधार वनेको छ । पाणिनि गाँउ पालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ ओटा वडा अध्यक्ष नेकपाएमालेको तर्फवाट निर्वाचित भएको भएता पनि एमालेको तर्फवाट जम्मा २२ जनप्रतिनिधी छन भने गठबन्धनका तर्फवाट २२ जनाजनप्रतिनिधी निर्वाचित भएका छन ।
शनिवार दुर्गाफाँटमा सम्पन्न पाणिनि गाँउ कार्यपालिकाको निर्वाचन पश्चात् गाँउ कार्यपालिकामापाँच दलिय गठबन्धनको स्पष्ट वहुमत भएको छ । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।