अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा १५ औं गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
जिल्लाभर १५ औं गणतन्त्र दिवसको अवसरमा आज आईतवार विभिन्न कार्यक्रम गरि मनाइएको हो ।
यस्तै १५ औं गणतन्त्र दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा नगरपालिकामा नयाँ झण्डा झन्डोत्तलन गरिएको छ।
झन्डोत्तलन प्रस्चात नगरप्रमुख श्रेष्ठको नेतृत्वमा टुडिखेल सरसफाइ समेत गरिएको थियो सरसफाइ अभियानमा नगरउपप्रमुख मिश्रा आचार्य , प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , नेपाली सेनाका सेनानी आदित्य सिलवाल , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँ जिल्ला स्थित रास्ट्रसेबक कर्मचारी तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
यस्तै मालारानी गाउँपालिकाकाे अायाेजनामा १५ अाैं गणतन्त्र दिवसकाे अवसरमा प्रभातफेरि तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष श्री दलबहादुर भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष दिपा पाेख्रेल, प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थी, जनप्रतिनिधि, कर्मचारीहरू, बजार ब्यवस्थापन समिति, विद्यालय, बैंकिङ क्षेत्र, सुरक्षाकर्मी लगायतकाे उपस्थिति रहेको थियाे ।