२०७९ ज्येष्ठ १६, सोमवार मा प्रकासित
२०७९ ज्येष्ठ १६, सोमवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–७ हंसपुरको बामरुकमा ७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
हंसपुरको बामरुक निवासी ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महतले बालिकालाई फकाएर पसलमा मिठाई किनिदिएर नजिकैको गोठमा लगी शुक्रबार बलात्कार गरेका थिए ।
प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।