अर्घाखाँचीडट्कमका पुर्व सम्पादक वीरेन्द्र केसीको “अर्घाखाँचीमा पर्यटन र विकास” पुस्तक विमोचन (फोटो फिचर)

हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची । पत्रकार तथा लेखक वीरेन्द्र केसीको “अर्घाखाँचीमा पर्यटन र विकास” पुस्तकको विमोचन भएको छ ।
अर्घाखाँचीडट्कमका पुर्व सम्पादक तथा कान्तिपुर दैनिकका उप-सम्पादक तथा पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका वीरेन्द्र केसीको “अर्घाखाँचीमा पर्यटन र विकास” पुस्तकको आज मंगलवार सन्धिखर्कको साथी होटेलमा विमोचन भएको हो ।  
केसीको पुस्तकमा जिल्लाका ६ वटै पालिकालाई समेटिएको छ । मालारानी-५ बाँगीमा जन्मिएका केसीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गर्न खोजिएको को छ ।
अर्घाखाँची घुम्न आउने र अर्घाखाँचीको ऐतिहासिक धार्मिक तीर्थस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्य स्थलको बारेमा जान्न चाहनोहरुको लागि यो पुस्तक उपयोगी हुनेछ । विकास तथा पर्यटन विस्तार लाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गर्न खोजिएको छ । पर्यटन विकास तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरणाको उद्देश्य लिएर पुस्तक प्रकाश गरिएको हो ।
पुस्तक विमोचन समारोह बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्यव समिती प्रमुख पिताम्बार शर्माले पुस्तक पल्टाउदा ऐतिहासिक धार्मिक तीर्थस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय गन्तव्य स्थलको बारेमा जानकारी लिन्न सजिलो भएको बताए । शर्माले ऐतिहासिक धार्मिक तीर्थस्थलको प्रचारप्रसारमा गर्न सबैले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । कार्यक्रममा ६ वटै पालिकाका नयाँ जनप्रतिनिधि लाई खादा टीका लगाइ संमान समेत गरिएको थियो । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम ब. चौहान तत्कालीन नगरप्रमुख कमल प्रसाद भुसाल , प्रजिअ शसिधर घिमिरे , प्रहरी नायब निरीक्षक अमर थापा , सशस्त्र प्रहरी नायब निरीक्षक शंकर खड्का लगाएतको उपस्थित रहेको थियो ।
जननी मिडिया प्रा.लीद्वारा आयोजित विमोचन समारोहको कार्यक्रम नविन केसीको संचालनमा सम्पन्न भएको थियो।

अन्य समाचारहरु