अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब भन्दा बढी बजेट पर्‍यो | भुमिकास्थान हेपियो ( सम्पूर्ण विवरण सहित)

लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाले आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब भन्दा बढी बजेट पाएको छ । आगामी आर्थीक वर्षका लागी अर्घाखाँची जिल्लाले चालु तर्फ २ अरब ६१ कराेड ७५ लाख र पुंजिगत तर्फ ४७ कराेड १४ लाख गरी कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट पाएको हो ।
जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६८ करोड ३८ लाख बजेट प्राप्त गरेको छ । यस्तै शितगंगा नगरपालिकाले ५६ करोड ४० लाख तथा भुमिकास्थान नगरपालिकाले ४८ करोड ७२ लाख रुपैंया बजेट प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाहरुमा छत्रदेव गाउँपालिकाले ३९ करोड ५७ लाख बजेट पाएको छ । पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख र मालारानी गाउँपालिकाले ४७ करोडको बजेट पाएका छन् ।
गत जेठ १५ गते नेपाल सरकारले आगामी आर्थीक वर्ष २०७९/०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतह हरुलाई बाँडफाँट गरेको हो ।
सन्धिखर्क नगरपालिका: ६८ करोड ३८ लाख 
शितगंगा नगरपालिका: ५६ करोड ४० लाख 
भूमिकास्थान नगरपालिका: ४८ करोड ७२ लाख 
छत्रदेव गाउँपालिका : ३९ करोड ५७ लाख 
पाणिनी गाउँपालिका: ४८ करोड ८२ लाख 
मालारानी गाउँपालिका : ४७ करोड

अन्य समाचारहरु