अर्घाखाँची – काठमाण्डौको भाडा अब १ हजार १ सय २५ रुपैंया

 लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । काठमाण्डौ – अर्घाखाँचीको सवारी भाडा २३ रुपैयाले घटेको छ । घटेको भाडादर अनुसार अब अर्घाखाँचीको भाडा प्रतिव्यक्ती १ हजार १ सय २५ भएको छ । यस अगाडि १ हजार १ सय ४८ रुपैंया लिने गरेका थिए । 
उता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ । विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।
विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ।

अन्य समाचारहरु