अर्घाको धरमपानीका स्थानीयहरु २० वर्षपछि लालपुर्जा पाउँदा हर्षित

प्रेम आचार्य 
सन्धिखर्क, अर्घाखाँची । २० वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० अर्घाको धरमपानीका स्थानीयहरु हर्षित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा नेकपा माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।
सन्धिखर्क नगरपालिका: २० वर्षपछि लालपुर्जा हातमा
देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनस् नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । जलेर नष्ट भएका लालपुर्जा २० वर्षपछि पाउँदा स्थानीयहरु अत्यन्तै खुसी भएका छन् । विशेष नापी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको हो । लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन नसकेका स्थानीयहरु लालपुर्जा पाएपछि खुशी भएका छन् ।
जग्गा भएर पनि प्रमाण नभएकाहरुले लालपुर्जा पाउनु खुशीको कुरा भएको बताउँदै लालपुर्जा घरमा बाकसमा नराखेर बैंक तथा वित्तीय संस्थामार्फत ऋण निकाली व्यवसाय, कृषि लगायत क्षेत्रमा लगानी गर्न सन्धिखर्क-१० का वडा अध्यक्ष मोहनसिंह ठकुरीले आग्रह गरे । द्वन्द्वको समयमा नक्साविहीन भएको अर्घाखाँची जिल्लाका विभिन्न वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले बताए । उनले डिजिटल प्रविधिबाट निर्माण गरिएको लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए। उनले धेरै वडामा नापी नक्साको काम सकिएको जानकारी दिए ।
काठमाण्डौ लगायत तराईका जिल्लाहरुमा अहिलेसम्म पनि २०२० सालकै नाप नक्साबाट काम भइरहेका छन् । अहिले भएको नापनक्साबाट खर भए खर घर भए घर बाटो भए बाटो जस्तो छ त्यस्तै अवस्थामा पुर्जा वितरण भएको छ । जग्गाधनी प्रमाण पुर्जा वितरण भएकाले त्यस पुर्जालाई प्रयोगमा ल्याउन र अधिकतम फाइदा लिन सबै स्थानीयलाई निवर्तमान वडा अध्यक्ष लक्ष्मीनारायण चुदाँलीले आग्रह गरे।
माओवादीले सदरमुकाम आक्रमण गर्दा जलेर लाल पुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनस् नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो ।

अन्य समाचारहरु