माधव बेल्वासे
अड्गुरी । पाणिनी गाँउपालिका वडा न. ७ अड्गुरीको झन्द्रेक निवासी बञ्जाडे परिवारले आमाको १३ औं पुण्यतिथिको अवसरमा स्थानिय विद्यालय श्री जनसेवा माध्यमिक विद्यालयमा १ लाख १ हजार ११ रुपैया बरावरको अक्षयकोष स्थापना गरेको छ ।
आमा दिलकुमारी बञ्जाडेको निधन भएको १३औं दिनको पुण्य तिथिको अवसर पारेर आज उहाँको निवासमा एक कार्यक्रमको आयोजना गरि सो रकम बरावरको चेक विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासे र विद्यालय ब्यावस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद बेल्वासेलाई संयुत्त रुपमा हस्तान्तरण गरिएको हो ।
दिवंगत बञ्जाडेका छोराहरु नेत्र बञ्जाडे, नरेन्द्रप्रकाश बञ्जाडे, डिल्ली बञ्जाडे तथा बुहारीहरु गंगा बञ्जाडे, कमला बञ्जाडे,अमृता बञ्जाडे, र लक्ष्मी बञ्जाडे तथा समस्त बञ्जाडे परिवारको तर्फबाट सो चेक हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत अति बिपन्न तथा जेहेन्दार विद्यार्थीका लागि अध्ययन कार्यमा टेवा पुगोस भन्ने उद्येश्य राखेर अक्षयकोषको स्थापना गरिएको परिवारले बताएको छ । उत्त रकमको ब्याजबाट प्राप्त हुने स्रोत मार्फत ब्यावस्थापन हुने गरि विद्यालयले रकम परिचालन गर्ने बताइएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बेल्वासेले अक्षयकोषको उद्येश्य अनुरुप सो रकम परिचालन हुने भन्दै उदाहरणिय कार्यका लागि परिवारलाई धन्यवाद दिदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नु भएको थियो ।
परिवारका तर्फबाट बोल्दै छोरा डिल्ली बञ्जाडे तथा यादव प्रसाद घिमिरेले आमाको शिक्षा क्षेत्र र सामाजिक सोचको जिवन्त स्मरणका लागि स्यापना गर्न लागिएको कोषको उद्येश्यमा साथ दिदै प्रयोगमा ल्याउन विद्यालयलाई अनुरोध गर्नु भएको थियो ।
जेठ ८ गते दिवंगत हुनुभएकाी बञ्जाडे मिलनसार तथा सहयोगि र मृदुभाषि ब्यात्तित्व हुनुहुन्थ्यो । आफ्नो साडे ९ दशकको जिवनयात्रामा पुर्ण विराम लगाउनुभएकी उहाँ सबैको प्रेरणको स्रोत पनि हुनुहुन्थ्यो । स्थानिय समाजसेवि , आफन्त तथा छिमेकिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा १ मिनेट मौन धारण गर्दै तस्विरमा फुलमाला र अविर अर्पण गरेर श्रदान्जली ब्याक्त गरिएको थियो । कार्यक्रमको संचालन यादव प्रसाद घिमिरेले गर्नुभएको हो ।