दीपेन्द्र पौडेल
नुवाकोट, अर्घाखाँची । विश्व वातावरण दिवसको अवसरमा भुमिकास्थान नगरपालिका ८ नुवाकोट पोखेडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजनल वन अधिकृत ईश्वरीप्रसाद पौडेल ,कर्मचारी दिपक पान्डे लागाएत कर्मचारीको सहभागिता रहेको थियो ।
भुमिकास्थान नगरपालिका वार्ड नं ८ का अध्यक्ष राज कुमार श्रेष्ठ द्वारा बृर्क्षारोपण कार्यक्रम को शुभारम्भ गारेका थिए । कार्यक्रममा डिभिजन बन कार्यलयका कर्मचारीहरु जनप्रतिनिधि स्थानिय जनताहरुको सहभागीता रहेको थियोे ।
नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति-प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔं । काठ हैन रुखलाई माया गर्न सिकाऔं । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔं । कागज र कम्प्युटरमा हैन वास्तविकतामै जनावर र जङ्गल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । जङ्गल र बाताबरण दुवै महत्त्वपूर्ण छन् । जीवन र प्रकृतिबिचको सम्बन्ध सबैले बुझौँ । भन्ने विश्व वातावरण दिवसको आसय रहेको छ ।