सन्धिखर्कमा ट्याक्टरकाे ठक्करबाट गम्भिर घाईते भएकी धारापानीकी निसाको स्वास्थ्यमा सुधार

रामप्रसाद बन्जाडे 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित शान्ती बगैचामा ट्याक्टरकाे ठक्करबाट गम्भिर घाईते भएर बुटवलमा उपचार हुँदै गरेकी एक किशोरी स्वास्थ्यमा सुधार आएको छ ।
बुटवलको कालिकामा पढ्दै आएकी धारापानीकी निसा भुसालको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचार हुँदै छ । अहिले भेन्टिलेटरबाट आईसियुमा सारीएको छ । उनको टाउकोमा गम्भीर चोट र खुट्टा फयाक्चर भएको छ ।  
गत  ज्येष्ठ १९ गते  विहीवार सन्धिखर्क स्थित शान्ती बगैचामा लु ४ त ६३६२ नम्वरकाे ट्याक्टरकाे ठक्करबाट भुमिकास्थान नगरपालिकाको वडा नं ३  धारापानीकी १७ वर्षिया निशा भुसाल भुसाल गम्भीर घाईते भएकी थिईन् । 
घाईते भुसालको टाउकाे र खुट्टामा गम्भीर चाेट लागेको छ । भने जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएकाे थियो । उनको अवस्था गम्भीर रहेकाे थियो । 
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएकाे प्रहरीले बताएको छ ।

अन्य समाचारहरु