गणेश चुदाली
अर्घाखाँची टाईम्स अर्घाखाँची प्रतिनिधि
नुवाकोटको भवन निर्माण डिभिजन कार्यालयमा आज बिहान गोली चल्दा एक निर्माण व्यवसायी गम्भीर घाइते भएका छन् । भवन निर्माण टेन्डरको विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको हो । गोली लागेर स्थानीय निर्माण व्यवसायी जीवन श्रेष्ठ घाइते हुनुभएको हो । कोखामा गोली लागेर गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गोली प्रहार गर्ने व्यक्तिको पहिचान नभएको र खोजी जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।