अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अस्पताल विकास समिती अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद खनालले आज एक कार्यक्रमकाबिच पदभार ग्रहण गर्नुभएको छ ।
अस्पताल प्रमुख डाक्टर राजेन्द्र जि.सि.लगायत अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारिहरुको उपस्थितिमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै अध्यक्ष खनालले अस्पतालको विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
अस्पतालमा भएका हरेक समस्याहरुलाई समाधान गर्न आफू रातदिन नभनी खटिरहने उहाँले प्रतिवद्दता व्यक्त गर्नुभयो ।