अनिल नेपाली
अर्घाखाँची २५ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला समिति अर्घाखाँचीले आज एक प्रेस विज्ञप्ती जारी गदै जिल्लामा लधुवित्त संस्थाले गाँउका जनतालाई दुख दिएको भन्दै प्रेस विज्ञप्ती मार्फत ध्यानआकर्षण गराएको छ ।
जिल्ला ईन्चार्ज शेरमान र जिल्ला सेक्रेटरी बारुद द्धारा हस्तारक्षित प्रेस विज्ञप्ती मापदण्ड विपरीत अनाआबश्यक रुपमा गाँउका जनतालाई लधुबित्त सस्थाले ३६ प्रतिशत सम्म व्याज लिएको जनाउदै आफ्ना गतिविधि जनताका बिचमा नसुधारे आफुहरुले जस्तोसुकै कदम चाल्न बाध्य हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।