अर्घाखाँचीमा भोली हुने उद्योग बाणिज्य संघको अधिवेशन तयारी पुरा | एमाले र राष्टिय जनमोर्चाको तालमेल हुने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा भोली हुने उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशनको तयारी पुरा भएको छ । 
जिल्लामा भोली शनिवार हुने उद्योग बाणिज्य संघ अर्घाखाँचीको साधारणसभा तथा अधिवेशनको तयारी पुरा भएको हो । 
उता हरिप्रसाद भुसालले पालिका उप्डेटमा लेखेको समाचार अनुसार सवै दलको सहमतीमा नेतृत्व सहित पदाधिकारी चयन गरिदै आएको अर्घाखाँचीमा यो पटक नेकपा एमाले र राष्टिय जनमोर्चाको तालमेल हुने भएपछि गठवन्धन नैतिक संकटमा परेको छ । 
आज दिउसो मनोनयन दर्ता गर्ने कार्यक्रम रहेपनि नेतृत्वमा एमाले र जनमोर्चाबिच तालमेल गरेर जाने सहमती गरेका छन् । एमाले निकट व्यवसायीहरुले नेतृत्वमा प्रदिप मिश्रलाई यसअघि नै अगाडी सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमती भएको स्रोतले जनाएको छ ।
यता नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका गठवन्धनमा रहेका दलहरु सवैको सहमती जुटाउने प्रयासमा रहेको बुझिएको छ । जुन दलका प्रतिनिधी जुन दलमा निर्वाचित भएका थिए सोही पदमा सोही पार्टीले पाउनुपर्ने माग काँग्रेस माओवादीको रहेको छ । गत अधिवेशनबाट माओवादीका तर्फबाट महासचिव बनेका प्रदिप मिश्र, उपाध्यक्ष रामप्रसाद भुसाल, सदस्य राजेन्द्र जिसी र सदस्य लेखनाथ भुसाल लगायत एमालेमा फर्किइसकेका कारण साविकको हिसावले अगाडी बढ्न नसकिने एमालेको दावी छ ।
फोटो: हरिप्रसाद भुसाल पालिका उप्डेट

अन्य समाचारहरु