अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा उद्योग वाणिज्य संघमा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धन निर्विरोध विजयी भएको छ । निर्विरोध विजयीको घोषणा हुन बाँकी छ ।
उता अर्घाखाँची जिल्लामा हुन लागेको उद्योग वाणिज्य संघको साधारणसभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)मा आवद्ध व्यवसायीहरूले बहिस्कार गरेका छन् ।
हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै तीन पार्टीनिकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।
उद्योग वाणिज्य संघमा सबै विचारका व्यवसायीहरूलाई समावेश गरी साधारणसभा गर्ने भएमा मात्र आफूहरू सहभागी हुने वरिष्ठ उपाध्यक्ष नेत्र भुसालले बताउनुभयो ।
साधारणसभामा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । शनिबार हुने मतदानका लागि उनीहरूले आजै मतदान गर्ने कार्यतालिका छ ।
एमाले निकट व्यवसायीहरूले अध्यक्षमा प्रदिप मिश्रलाई यसअघि नै अगाडी सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति गरेको हो ।