धनचौरको सेङ्ग्लेङ्गमा होम स्टेको ब्यबस्थापन तालिम शुरु । मेयर झबिलाल थापाद्वारा तालिमको शुभारम्भ

केशबराज ज्ञवाली 
 धनचौर –  भुमिकास्थान नगरपालिका १० सेङ्ग्लेङ्ग , धनचौरमा होम स्टे ब्यबस्थापन सम्बन्धि तालिम सुरु गरिएको छ । सेङ्ग्लेङ्ग, र आरिचौरका ४५ स्थानिय बासिन्दाहरुलाइ दिइने ब्यबस्थापन तालिमको आज भब्य समारोहका बिच भुमिकास्थानका नगर प्रमुख झबिलाल थापाले सुभारम्भ गरेका हुन ।
धनचौरको सेङ्ग्लेङ्गमा  होम स्टेको ब्यबस्थापन तालिम सुरु। मेयर झबिलाल थापाद्वारा तालिमको शुभारम्भ  ।
        भुमिकास्थान नगरपालिकाको आयोजनामा हुने तालिमको लागि नेपाल पर्यटन बोर्ड [NATHAM] का तर्फ बाट मुख्य प्रशिक्षक अशोक उपाध्यायको दक्ष समुहले स्थानियहरुलाइ पर्यटकहरुको स्वागत सत्कार, खानपान , सेवा सुबिधा सम्बन्धि आधारभुत कुराहरुको बारेमा प्रशिक्षण दिने बताइएको छ ।
धनचौरको सेङ्ग्लेङ्गमा  होम स्टेको ब्यबस्थापन तालिम सुरु। मेयर झबिलाल थापाद्वारा तालिमको शुभारम्भ  ।
           तालिम उद्घाटन समारोहमा बोल्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले प्रकृतिले दिएको सुन्दरता र सम्पतिको सहि सदुपयोग गर्दै भुमिकास्थानको बिकासमा सबै मिलेर हातेमालो गर्न सबैलाइ अनुरोध गरे । उनले अब सेङ्ग्लेङ्ग सहित समग्र भुमिकास्थान नगरपालिकालाइआन्तरिक र बाह्य दुबै किसिमका पर्यटकको गन्तब्य बनाउन आफुहरु लागि पर्ने पनि बताए ।
धनचौरको सेङ्ग्लेङ्गमा  होम स्टेको ब्यबस्थापन तालिम सुरु। मेयर झबिलाल थापाद्वारा तालिमको शुभारम्भ  ।
यस्तै भुमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले सेङ्ग्लेङ्गका जनताहरु तराइ र अन्यत्र स्थानहरुमा बसाइँसराइ गर्ने अवस्था अन्त्य गर्न लागि पर्नुपर्ने उल्लेख गरे । पर्यटन प्रवर्द्धन गर्दै स्वरोजगारि बढाउन सकेमा यो अवस्था अन्त्य गर्न सकिने उनको ठम्माइ थियो ।
धनचौरको सेङ्ग्लेङ्गमा  होम स्टेको ब्यबस्थापन तालिम सुरु। मेयर झबिलाल थापाद्वारा तालिमको शुभारम्भ  ।
      सेङ्ग्लेङ्ग क्षेत्रलाइ निकट भविस्यमा पर्यटकहरुको आकर्षण केन्द्र  बनाउने उदेस्यले मेयर थापाको बिशेश पहलमा पर्यटन बोर्ड संग समन्वय गर्दै गरिएको उक्त कार्यक्रमा नगरप्रमुख , उपप्रमुख भुमिकास्थान नगरपालिकाका योजना अधिकृत हरिश्चन्द भुसाल , भुमिकास्थान नगरपालिका वार्ड २,५,९,१० का वार्ड अध्यक्षहरु , स्थानिय भद्रभलाद्मिहरु संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु