अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटको खाँची मैदानमा प्रहरीले अवैध रुपमा बालुवा चोरी निकासी भन्दै ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
खाँचीकोटको खाँची मैदानमा प्रहरीले अवैध रुपमा बालुवा चोरी निकासी भन्दै ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
हिजो बिहान ०८;०० बजे जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटको खाँची मैदान स्थित प्रहरी चौकी नरपानी अर्घाखाँचीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु ४ त ७३३१ नंम्बरको ट्याक्टरले अवैध रुपमा बालुवा चोरी निकासी गरी ल्याएकोले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाईएकोमा रु.१०,०००।– (दश हजार) जरिवाना गरिएको बताईएको छ ।