अर्घाखाँचीमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै विकास निर्माणकाे काम प्रभावित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै विकास निर्माणकाे काम प्रभावित भएकाे छ ।
पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै जिल्लाका सबै जसो क्षेत्रको विकास निर्माणकाे योजना प्रभावित बनेकाे हो । 
यहाँका सरकारी कार्यालयले सञ्चालन गरेका योजना निर्माण गर्ने जिम्मा लिएका ठेकेदार कम्पनीहरुले मूल्यवृद्धि धान्न नसक्ने अवस्था भएपछि काम रोक्न थालेको अर्घाखाँची निर्माण व्यवसायी संघको भनाई छ ।  
अर्घाखाँची निर्माण व्यवसायी संघका अनुसार जिल्लामा अहिले मेशिनको सहायताबाट गरिँदै आएका कामहरु रोकिन थालेका छन् । यस्तै जिल्लामा ठेकेदार कम्पनीहरुले श्रमिकमार्फत् गर्न सकिने कामहरु भने जारी राखेका छन् । 
जिल्लामा मूल्यवृद्धिले विशेषगरी सडक, भवन, खानेपानी, पुललगायतका काममा प्रत्यक्ष असर गरेकाे छ । यस्तै विकास निर्माण प्रभावित भएपछि असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनालाई समयमै काम सक्न चुनौती बढेको देखिएकाे छ ।
साथै निर्माण व्यवसायीहरुले लागत धेरै लाग्ने भन्दै विकास निर्माण ठप्प पार्दै आएको डिभिजन सडक कार्यलयको भनाई छ । 

अन्य समाचारहरु