काठमाडौँ, जेठ २५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल सुदृढीकरण आयोजनामा अनियमितताको शंकामा अनुसन्धान सुरु गरेको छ। विमानस्थलको सुधार तथा सुदृढीकरणको कार्य गरिरहेको शम्भु कन्स्ट्रक्सन कम्पनीले नपुग रकम भन्दै रु १६ करोड माग गरेपछि अख्तियारले छापा मारी अनुसन्धान थालेको हो।
प्राविधिकको भनाइमा रु ७० लाख मात्र नपुग रकम भुक्तानी दिए पुग्नेमा सरकारले रु ६ करोड दिने निर्णय गरेको थियो। बढी रकम भुक्तानी गर्ने निर्णय गर्दा व्यापक अनियमितता भएको भनी आयोगमा गोप्य उजूरी परेको प्रवक्ता पौडेलले प्रस्ट पारे ।
सोही विषयमा छानबिनका लागि आयोजनाका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ। रासस