अर्घाखाँचीमा मसालबाट निस्कासित समुहले समन्वय समितिका नाममा भ्रम फैलाउदै, प्रवेश गरेका सबैको आपत्ति

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेता धनबहादुर केसीले कथित समन्वय समितिको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाबाट अलग भएको एक समूहले बनाएको कथित समन्वय समितिले आफ्नो नामसमेत जोडेर अर्घाखाँचीका नेता कार्यकर्ताले विद्रोह गरेको भन्ने प्रचार गरिएको प्रति केसीले आपत्ति जनाउनुभएको छ ।
हालै अर्घार्खाचीमा राजमोका केही व्यक्तिहरुले पार्टीबाट सम्बन्ध विच्छेद गरी समन्वय समितिमा प्रवेश गरेको प्रचार गरिएको थियो । विद्रेह गरिएको भनिएका व्यक्तिहरुको नाम प्रचारमा ल्याइएपनि विज्ञप्तिमा उनीहरुको हस्ताक्षर छैन ।
केसीले कथित समन्वय समितिको भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा गोलबन्द हुन पनि आम जनतालार्ई आह्वान गर्नुभएको छ ।
सन्धिखर्क नगरपालिका–७ का केसीले प्रकिाशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७९ जेष्ठ ३१ गते पत्रकार भेटघाटको सन्दर्भमा वितरित विज्ञप्तिमा मलाई पनि यो कथित राष्ट्रिय जनमोर्चा समन्वय समितिमा आबद्ध भएको भ्रमित समाचारप्रति मेरो ध्यान आकार्षित भएको छ।
पार्टी दक्षिणपन्थी भयो भनेर क्रान्तिकारी पार्टी कपोकल्पित भ्रमको खेतिमा हिँडेका साथीहरुले आफूलाई बिना सल्लाह र अनुमतिबिना त्यो पार्टीमा भएको विज्ञप्ति वितरण गर्नु लज्जास्पद विषय हो । त्यसैले संघीयताको खारेजी, राष्ट्रियता, गणतन्त्रको रक्षा तथा जनताको जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा मात्रै देशको सच्चा पार्टी हो र हुनेछ ।
त्यसैले आफू राष्ट्रिय जनमोर्चामा रहेको र त्यस्ता भ्रम सिर्जना गरी कसैको विचार दृष्टिकोणको मान मर्दन नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै यस्ता भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा सम्पूर्ण जनसमुदायहरुलाई गोलबन्द हुन समेत अनुरोध गर्दछु ।’
धनबहादुर केसी
सनपा–७ खाँचिकोट, अर्घाखाँची

अन्य समाचारहरु