सन्धिखर्कमा घरेलु तथा साना उद्योगको प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

कृष्ण परियार 
असार २ ,सन्धिखर्क । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा प्रविधि हस्तान्तरण कार्यक्रम संपन्न भएको छ ।  
चालु आर्थिक वर्ष २०७८÷०७९ अन्तर्गत रु १० लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताए । जिल्लामा संचालनमा रहेका विभिन्न घरेलु तथा साना उद्योगहरुलाई प्रविधी मैत्री बनाउनको लागी विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको हो । उद्यमीहरुको आयस्तरमा वृद्धि गरी जिवनस्तरमा सुधार ल्याउनको लागी विभिन्न सामाग्रीहरु हस्तान्तरण्त गरिएको प्रमुख खनालले बताए । स्वदेशमै स्वरोजगार सिर्जना गर्ने मुख्य उदेश्य रहेको खनालको भनाई छ । 
न्यु पाल्पाली टेलरिङ्ग सेन्टरका संचालक अपाङ्ग जिवन परियारलाई जुकी मेसिन हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा कुटानी पिसानी मेशिन,हलो ब्लक बनाउने मेसिन र तान मेसिन हस्तान्तरण गरिएको सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताए ।  
विगत देखि नै संचलनमा रहेको कार्यक्रम अन्तर्गत उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । कार्यक्रम बाट जिल्ला स्तरमा रहेका उद्यमीहरु प्रतक्ष्य रुपमा लाभान्वित हुदै आएका छन् ।

अन्य समाचारहरु