अर्घाखाँचीमा स्थानीय चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेसले अन्तर्घात गर्ने १० जनालाई निलम्बन गर्‍यो

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय चुनावमा नराम्रो हार व्यहोरेको नेपाली कांग्रेसले भुमिकास्थान-९, ढिकुराका चार जना सहित १० जना निलम्बन गरेको छ । 
 
नेपाली कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले विधान बमोजिम ढिकुराका ४ जना र अन्य ६ जना गरी १० जना अर्घाखाँची नेपाली कांग्रेस कारबाहीमा  १० जनामा को को परे! पार्टी उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल पूर्व क्षेत्रीय उपसभापति मणिराम पौडेल पाणिनी ८ पालिका पूर्व सभापति यज्ञप्रसाद पौडेल, भूमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी, महाधिवेशन प्रतिनिधि सृजना विक, पाणिनी ८ का क्षेत्रिय प्रतिनिधि अच्युत पन्धीलाई पार्टीबाट १ वर्षका लागी निलम्बन गरेको हो।
 
उनिहरुको आचरण हेरेर निलम्बन फुकुवा हुने वा सदस्यता खारेज हुने निर्णय गरिने अनुशासन समितिले जनाएको छ।

अन्य समाचारहरु