एमाले सचिव टोपबहादुर रायमाझीले भने; राष्ट्रका सवालमा सबै राजनितिक दल एक ठाउँमा उभियौं

लक्ष्मण घिमिरे ।
काठमाण्डौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सबै राजनितिक दल एकै ठाउँ उभिनु पर्ने बताएका छन् । राष्ट्रहितका पक्षमा सबै पार्टी एक ठाउँमा उभिनु पर्ने भन्दै उनले अहिले सबै एकअर्का प्रती आरोपप्रत्यारोपमा उत्रिएको बताए ।
रिपोर्टस् क्लब काठमाण्डौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले एकअर्का प्रती आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर समस्याको सभाधान गर्नुपर्ने बताए । ‘तँछाड मँछाड गर्न मात्र देशमा गणतन्त्र ल्याएको होईन, उनले भने,‘देशको राष्ट्रहित र समृद्धीका सवालमा कहिल्यै बहस भएको छैन । पोलिटिकल पार्टीहरुले एकअर्कामा आरोप प्रत्यारोप गर्नु बेकार छ ।’
अमेरिकाले प्रस्ताव गरेको (एसपिपि) सम्झौता राष्ट्रहितमा नभएको भन्दै नेपालले यो बिषयमा गम्भिर भएर लाग्नु पर्ने बताए । देशको राष्ट्रियता, भौगोलिक अखण्डता र शान्ती सुरक्षाका हिसाबले यो प्रस्ताव कुनै पनि हालतमा स्विकार गर्न नसकिने उनको धारणा छ । असंलग्न परराष्ट्र निती अवलम्बन गर्दै नेपालले राष्ट्रहितमा काम गर्नु पर्ने बताए । जसको पालामा (एसपिपि) सम्झौता भएको भएपनी एकले अर्कोलाई लाञ्छना लाउने, हिलो छ्याप्ने, खुईलाउने गर्नुभन्दा यसलाई कसरि रोक्न सकिन्छ? त्यो तर्फ बहस गर्नुपर्ने उनको भनाई छ ।
राष्ट्रको आवश्यक्ता र संस्कार भन्दा बाहिर गएर बहसहरु भईरहेको भन्दै सही ढंगले बहस हुनुपर्ने उनको भनाई छ । ‘देशका यिनै पार्टी, यिनै नेता, यिनै जनता हुन्, उनले भने, हामीले गर्न नसके अरु आउँछन् तर देशमा विकास हुन्छ । समृद्धी आउँछ । देश सही दिशामा अँघी बढ्छ ।’
अन्तराष्ट्रिय जगतको स्वार्थ नेपालले बुझेर काम गर्नुपर्ने भन्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले पार्टीका कार्यक्रम, निति, एजेण्डा, सिद्धान्त फरक भएपनी राष्ट्रका सवालमा एक ठाउँमा उभिन उनले सबै राजनितिक दललाई आव्हान समेत गरेका छन् ।