अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नम्बर २ को लामापोखरामा जन्मेका कलाकार, ब्यापारी तथा समाजसेवी दुर्गा बन्जाडेले आउदो निर्वाचनमा संघीय संसदका लागि स्वतन्त्रबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् ।
उनले जिल्लाका कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुलाई चुनौती दिदै संघीय संसदका लागि स्वतन्त्रबाट उम्मेद्वारी दिने भएका हुन् ।
उता स्थानियतहको निर्वाचन सकिएपछी अब प्रदेश तथा संघको निर्वाचन चर्चा सुरु भएको छ । केन्द्रिय स्तरका नेता तथा सांसदहरुले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका स्थानिय नेता, कार्यकर्तालाई निर्देशन दिन थालेका छन् ।
दुर्गाको बारेमा:-
मालारानी गाउपालिकामा जन्मियका दुर्गा बन्जाडे बुवा आमाको ९ सन्तान मध्येका ठाइलो छोरा हुन् । सामान्य किसान परिवारमा जन्मिएका दुर्गाको बाल्यकाल सुख र सुबिधामा बित्न पाएन । दुर्गा सानैदेखि ब्यापारी बन्न चाहन्थे। ब्यापारी बन्ने सपना भयपनी दुर्गाको परिवारको अबस्था लगानी गरेर ब्पापार गर्न सक्ने थिएन् ।
तर पनि जहाँ इच्छा त्यहाँ उपाय भनेझै गाउँमा एस.एल.सी पास गरेर २०६० सालमा व्यापारी बन्ने लक्ष्य बोकेर काठमाडौं छिरेका दुर्गालाई ब्यापारी बन्न काठमाडौंमा पनि त्यति सजिलो थिएन् । काठमाडौंमा ज्यान पाल्नका लागि दुर्गाले अनगिन्ती कामहरु गर्न थाले ट्राभल एजेन्सीदेखि औषधि फ्याक्ट्रीसम्म जागिर गरे ।
व्यापार गर्ने सपना देखेका दुर्गाले बिस्तारै बिस्तारै आफ्ना सपनाहरुलाइ बिपनामा परिणत गर्न थाले । २०६० सालमा काठमाडौं छिरेका दुर्गाले २०६५ सालदेखि मसला उधोग सन्चालनमा ल्याए । इमानदारीता धैर्यता र लगनसिलतालाई पछ्याउँदै गयपछी दुर्गा ब्यापारमा दिनानुदिन सफल हुँदै गए । ५० हजार लगानीबाट सुरु गरेको दुर्गा बन्जाडेको फ्याक्ट्रीले अहिले देशका झन्डै ४०० वटा सुपरमार्केटमा आफ्नो उत्पादन बिक्री गर्ने गरेको छ। एउटा सामान्य किसानको छोरा दिन रात मिहेनत गरेर सफल व्यापारी बन्न सक्छ भने एउटा असल राजनिती गर्ने मान्छेले इमान्दार भएर काम गर्दा देश कसो नबन्ला र ? उनलाई चिन्नेहरु भन्छन् ।
व्यापारमा सफल भएर राम्रै पैसा कमाइरहेका उनी राजनितीमा किन आउन खोज्नु भएको भन्दा उनी भन्छन्; “जिन्दगीमा आफ्नो र आफ्नो परिवारको लागि दिन रात नभनी काम गरे। हिजो पेट पाल्न धौ धौ भएको मेरो परिवारमा आज सबै खाले भौतिक सुख सुबिधाहरु प्रयोग गर्न सक्नेसम्म भए मेरो आफ्नै मिहिनेतले मेरो परिवारका सबै समस्याहरु समाधान गर्न सके मिहिनेत गरेर पैसा त कमाए तर आफू जमिएको आफू हुर्केको माटोको लागि केही गर्न सकिएको छैन जस्तो दिनहु अनुभुती भैरहेको छ त्यसैले आजका मितिसम्म आफ्ना लागी गरेपनी अबको दिनमा भने यो देशको लागी अर्घाखाँची जिल्लाबासीका लागि काम गर्ने जोश र जागर लिएर आएको छु ।”
यस्तै उनी अगाडि भन्छन्; “राजनीति भन्ने बित्तिकै वाक्क भैसकेका अर्घाखाँचीका जनताहरुका लागि यस्तो काम गरेर देखाउन मन छ जुन कामले देशै भरी नयाँ युगको शुरु होस। जसरी स्थानिय निर्वाचनले स्वतन्त्र उम्मेदवारले जनताको मन जिते त्यसैगरी अर्घाखाँची जिल्लाका ६ वटै स्थानिय तहका जनताको बिस्वास जितेर मन जितेर काम देखाएर जनताको लागि जनताकै साथमा रहेर जनताकै लागि काम गर्ने अठोट गरेको छु। झन्डै ३६ बर्षको उमेरसम्म आफ्ना लागि काम गरे अब बाँकी रहेको उमेर अर्घाखाँची जिल्लाका जनताको लागि बाच्ने छु। अबको मेरो उमेर रास्ट्रका लागि हुनेछ। गाउँ गाउमा उद्योगको स्थापना गरि सो क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउनका लागि, सुन्दर हरियाली पहाडै पहाड भएको जिल्ला अर्घाखाँचीलाई पर्यटकमय बनाउनका लागि, स्वास्थ शिक्षा कृषि लगायत सडकको स्तरउन्नोतिका लागि, राजनितीको चपेटामा मारमा परेका जनताको हितका लागि जनप्रतिनिधिले इमानदारीताका साथ काम गर्दा देश साचै चम्कन्छ भन्ने बिस्वास दिलाउनको लागि बाँकी जीवन रास्ट्रलाइ भन्ने स्लोगन सहित अर्घाखाँचीका जनताको मन जितेर काम गर्ने बताएका छन।