अर्घाखाँची डटकम संवाददाता
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको श्री जनज्योती मा.वि. ले कक्षा ६ मा नयाँ भर्ना हुने नेपाली माध्यममा पढ्ने विधार्थीहरुलाई पोशाक वितरण गरेको छ।
अङ्ग्रेजी र नेपाली दुवै माध्यम बाट पढाइ संचालन भईरहेको सो विधालयमा नेपाली माध्यम को पढाइ तर्फ आकर्षक घट्दै गएकोले नेपाली माध्यमबाट हुने पठनपाठन लाई प्रवर्द्धन गर्ने हेतुले विधार्थी लाई पोशाक वितरण गरेको हो।
विधालयको पुरस्कार वितरण,अवकाश प्राप्त शिक्षक तथा नव निर्वाचित जन प्रतिनिधि हरुको सम्मान कार्यक्रम को अवसरमा उक्त विधालयका व्यवस्थापन समिति अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वार्ड न. ८ का वार्ड अध्यक्ष हुम प्रसाद बन्जाडे ले अविर लगाई पोशाक वितरण गर्नु भएको हो।
उक्त कार्यक्रममा उक्त विधालयका निवर्तमान प्रधानध्यापक पशुपति भुसाललाई विदाई गरिनुका साथै नवनिर्वाचित सन्धिखर्क वार्ड २ का वार्ड अध्यक्ष मोतिजङ्ग रायमाझी लगायत वार्ड सदस्यहरुलाई सम्मान गरेको थियो।
साथै कक्षा १ देखि कक्षा १० सम्मका उत्कृष्ट विधार्थिलाई पुरस्कार वितरण गरिएको थियो।
सन्धिखर्क नगरपालिकाको शिक्षा तथा खेलुकद प्रमुख मञ्जु आचार्य को प्रमुख अतिथ्यता,विधालय व्यवस्थापन समितिका अध्यक्ष हुम प्रसाद बन्जाडेको अध्यक्षता र शिक्षक नन्दराम भट्टराई ले संचालन गरेको उक्त कार्यक्रममा शिक्षक तेजुराम पराजुली ले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै विधालयका प्रधानध्यापक माधव प्रसाद आर्चायले विधालयको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो।
कार्यक्रम मा बोल्दै नगर शिक्षा प्रमुख मञ्जु आचार्यले आधारभुत तहमा रहेको शिक्षक दरवन्दी को मिलान कार्य यथासिघ्र गर्दै विधालयको शैक्षिक सुधारमा प्रथामिकता मा राख्ने प्रतिवद्धता जनाउनु भएको थियो।साथै जिल्ला को एक मात्र विज्ञान विषय पठनपाठन हुने विधालय भएकोले यसलाई अझ वढी फलदायी र भौतिक तथा शैक्षिक सुधारको लागि आफू सकरात्मक रहेको कुरा व्यक्त गर्नु भयो।