२०७९ आषाढ ११, शनिवारमा प्रकासित
२०७९ आषाढ ११, शनिवार मा प्रकासित
-गोपाल प्रसाद भट्टराई/धनचौर
राष्ट्रिय जनमोर्चा धनचौरका सल्लाहकार तथा जेष्ठ सदस्य रिखिराम गैरेको निधन भएको १२ औं दिनमा उहाँकै निवास डडुवामा शोकसभा गरि रिखिराम गैरेलाई श्रदान्जली दिइएको छ ।
उहाँको यहि जेठ ३१ गते ९१ वर्षको उमेरमा निधन भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले शोक मन्तब्य राख्दै रिखिराम गैरेको मृत्युले पार्टीले एउटा असल अभिभावक गुमाउँदा अपुरणिय क्षति पुगेको बताउनु भएको छ ।
भुमिकास्थान नगर प्रमुख समेत रहनुभएका नेता थापाले रिखिराम गैरेले समाज परिवर्तनमा देखाएको बाटो र प्रेरणाबाट आफुहरुले धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुभएको छ । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रगतिशिल लेखक संघ लुम्विनी प्रदेश सदस्य तिलकराम भट्टराईले रिखिराम गैरेको भौतिक शरिर हामी माँझ नरहेपनि उहाँले बोकेको बिचार र उहाँको उर्जावान जिवनबाट पाएका प्रेरणा सधै जिवित रहने बताउनु भएको छ ।
कार्यक्रममा राजमो जिल्ला सचिव बाबुराम पन्थी,राजमो नेता कृष्ण बन्जाडे,राजमो धनचौरका नेताहरु जित बहादुर गुरुङ्ग,भिमलाल भुसाल,बुद्धिराम गैरे,बिष्णु भट्टराई,बिनोद गैरे,रुपा गैरे,मधु गैरे,जिवलाल गैरे,बाबुराम गैरे लगायतले कमरेड रिखिराम गैरेको फोटोमा अभिर लगाएर श्रदान्जली दिनुभएको थियो ।
शोकसभा राष्ट्रिय जनमोर्चा धनचौरका सल्लाहकार एवम् जेष्ठ सदस्य दण्डपाणी गैरेको अध्यक्षता र राजमो धनचौरका अध्यक्ष गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको हो ।