ठाडाको ऐतिहासिक ताल सुक्यो

– वीरेन्द्र केसी


ठाडा, अर्घाखाँची – जिल्लाको पर्यटकी स्थलको रुपमा रहेको ठाडा दह ताल संरक्षण अभावमा सुक्दै गएको  छ । तालको पानी सुकेर जमिन भाग देखिन थालेको छ ।


संरक्षण अभावमा ताल सुकेपनि कसैले चासो दिएको छैन । जिल्लाको गहनाको रुपमा रहेको उक्त तालमा संरक्षण गर्नमा स्थानीय राजनैतिक दलको खिचतानीना कारण वर्षौ देखी वेबारिसे अवस्थामा हुँदा सुक्न पुगेको हो । केही वर्ष पहिले पर्यटकहरु ताल हेर्न र घुम्न आउने गरेको भएपनि पछिल्लो पटक ताल लोप हुदै गएपछि पर्यटक आउन छाडदा सुनसान छ ।


दैनिक दर्जनौ पर्यटक भित्रिन्थे तर अहिले कसैले संरक्षणमा ध्यान दिएन ताल सुक्न थाल्यो स्थानीय माधव पौडेलले भने पुस्तौ देखी तालमा पानी भरिन्थ्यो तर अहिले पानी सुक्यो । जिल्लामा आउने पर्यटकहरु ठाडा दहको डमरु ताल हेरेपछि सुपा देउराली मन्दिरको दर्शन गर्न आउने गर्छन । तर ताल सुकेर खेल मैदान हुन थालेपछि पर्यटक आउन छाडेको चार वर्ष जति भयो उनले भने बाह्रै महिना तालमा पानी भरिभराउन हुन्थ्यो अहिले सम्म ताल सुकेको यो पहिलो पटक हो ।


चार वर्ष देखी तालमा पानीको सतह क्रमश घटदै गएको थियो । पर्यटन वर्ष मनाउन विभिन्न ठाउँमा तयारी गरिरहेका बेला डमरु ताल संरक्षण अभावमा सुक्दै जानु जाँदा जिल्लाको गहाना नै हराउन सक्ने ठाडा दहका स्थानीय सचिन बोहोराले बताए । सन्धिर्खक गोरुसिगे सडक अन्तरगत पर्ने उक्त स्थान बुटवलबाट ४० किलोमिटर टाढा पर्छ । गर्मी छल्न तराईबाट यही तालको चिसो पानीमा रमाउन आउने र तीन चार दिन सम्म ठाडामै बस्ने गर्न आन्तररिक पर्यटकहरु आउन छाडेपछि ठाडा बजार सुनसाुन छ ।


चार वर्ष पहिले डमरु तालमा एक दर्जन डुगा गाविस मार्फत साचालमा थिए । एक बिया क्षेत्रफलमा फैलिएको ताल ५ सय मिटर गहिराई रहेको छ । सडकको माटो धलो वर्षादको बेला जथाभावी पानीले पुरिदै गएको छ । ताल वरपार बस्ने स्थानीयले तालमा जथाभावी रुपमा फोहोर फाल्ने गरेका छन । उक्त तालमा माछा पाल्न स्थानीयबासी र माओवादी बीच विवाद भएपछि तालको रेखदेख गर्न छाडेपछि अलपत्र अवस्थामा रहेको ताल अहिले सुक्दै गएर खेल मैदानमा परिणत हुन पुगेको हो ।


माछा पाल्ने विषयमा माओवादीले हस्तक्षेप गरी रोक लगाउँदा स्थानीय र माओवादी बीच विवाद भएपछि ताल अलपत्र परेको ठाडा गाविसका पुर्व अध्यक्ष बसन्त श्रेष्ठले बताए । लुम्बिनी घुम्न आउने पर्यटकहरु ठाडा दह र सुपा देउारलीसम्म ल्याउने योजना भएपनि विवादले संरक्षणमा र पर्यटक भित्राउन समस्या परेको उनले बताए ।


ताल संरक्षण समितिका अध्यक्ष कुमार केशवका अनुसार अलपत्र अवस्थामा रहेको ताललाई संरक्षण गर्न वाल र तारवार लगाएर भल पस्न नदिने बनाउने योजना रहेको बताए ।


तालको बीचमा मन्दिर बनाउने र डुंगा पुन साचालनमा ल्याईन पनि उनले बताए । उनले पर्यटन विकास बोर्डबाट २ लाख छेटेको र जिविसबाट १ लाख बजेट छुटाउन माग गरेर र तत्काल संरक्षण गर्न लाग्ने उनले बताए । पछिल्लो पटक स्थानीय सबै राजनैतिक दलहरुको सहमतीमा ताल संरक्षण गर्नमा एकजुट भएको पनि उनले बताए ।


लम्बिनी आउने पर्यटकलाई कपिलवस्तुको तिलौराकोट ठाडा दह हुदै सुपा देउराली घुमाएर नरपानीको पहाडको लेकसम्म पुग्दा हिमचुली स्पष्ट रुपमा देख्न सकिने बताए । उनले बीचमा माओवादीको अवरोधका कारण ताल सुक्न गएको बताए । चार वर्ष अघिसम्म तालको रेख देख र संरक्षण गर्दै आएका स्थानीय कमान िसंहले चार वर्ष अघि माओवादीले स्थानीयसँग सल्लाहै नगरी वाईसियल परिचालन गरेर जवरजस्ती रुपमा तालको पीधमा रहेको माटो फालेपछि तालमा रहेको पानी हराउदै गएर तालै सुकेको बताए । परम्परागत रुपमा रहेको तालमा रहेका माछालाई जवरजस्ती रुपमा मार्न थालेपछि स्थानीयले विरोध गर्दै आएका थिए । गत वर्ष सस्कृती मन्त्रालयबाट ताल संरक्षण गर्न छुटाईएको १६ लाख बजेटमा डोजर लगाएर माटो भरी फालेपछि ताल सुक्यो ।


पानी सुक्दै जाँदा स्थानीय र माओवादीको विवाद भएपछि लथालिङ्ग र भताभुङ्ग बनाएर छाडेको उनको आरोप छ । सबै रकम माओवादीले दुरुपयोग गरेको स्थानीयको आरोप छ । परम्परागत रुपमा रहेको तालमा कमलका पुल हराएर गयो भने वरापर रहेका रुख पनि मासिदै गएका छन । ताललाई संरक्षण गरे लम्बिनी अाचलको नमुना तालको रुपमा विकास गरी पर्यटक भित्राउन सकिने स्थानीयको भनाई छ ।

अन्य समाचारहरु