अर्घाखाची डट्कम ,सम्बाददाता
स.न.पा.७ खाँचिकोट को चन्द्र प्रभा मार्गको फर्ज्याङ्गखोला माथिको सडक र फर्ज्याङ्ग्खोला टोल झनपछि झन जोखिममा पर्दै गएको छ । गत बर्षको बर्सातका कारण निम्तिएको खतराबाट सुरक्षित हुनको लागि भरिएको तार जालि थप ब्यबस्थित गर्ने भनि भत्काएर अलपत्र छाडे पछि झन जोखिम बढेको हो ।
तार जालिलाइ थप ब्यबस्थित गर्ने भनि पौडेल कन्स्ट्रक्सनले २०७९ ०३ १८ गते बिकास पुर्वाधार सँग जालि भर्ने काम सम्झौता गरेर काम सुरु गरेको हो तर बिल पास नहुने र आफु घाटामा पर्ने भनि ठेकेदार कम्पनिले काम सम्पन्न नगरि अल्पत्र छोडेको छ ।
उक्त बजार केही बर्ष देखि जोखिममा रहदै आएको छ ।बिगतका बर्षमा प्रदेश सरकारको बजेटबाट तार जालि लगाई रोकथाम गरिएता पनि वर्षा को कारण उक्त जालि ले फर्ज्याङ्ग बजारलाई झन जोखिम बनाए पछि पुन प्रदेश सरकार बाट जोखिम न्युनिकरण को लागि ५ लाख बजेट परेको र उक्त ठेक्का पौडेल कन्ट्रक्सन ले २०७९ ०३ १८ मा बिकास पुर्वाधार सँग २०७९ ०३ २५ मा काम सम्पन्न गर्ने भनी सम्झौता गरेको हो ।
उक्त बिषयमा जानकारि राख्न खोज्दा ठेकेदार कम्पनिका संचालकले केहि गर्न नसकिने जानकारि दिए ।