हिन्दु धर्म बिपरितका कुप्रथा लाई जरै देखि अन्त्य गर्नुपर्छ – ज्ञवाली

        
           
tvs
सुभाष ज्ञवाली / अर्घाखाची डट्कम 
 
म आफु बिहे भोजमा एकदमै कम जाने गर्दछु तर बिहेमा  गएको ठाँउ मा सबैभन्दा चासो वा रमाइलो भनौ बर ले बधु लाई सिंदुर राख्दै गर्दा र बेहुलाको जुत्ता सालीले लुकाउने र लुकाएको जुत्ता फिर्ता गर्दा हुने आर्थिक मोलमोलाइ । त्यहाँ हुने आर्थिक मोलमोलाइ हेर्दा लाग्छ कसैले खसी बजारमा खसि किनबेच गरिरहेको छ । पछिल्लो दुई वटा बिहेमा जादा पनि लगभग त्यस्तै देखियो ।
पहिले पहिले मानिस हरु कमै ले नयाँ  जुत्ता लगाउने चलन थियो र बिहेमा बेहुलाले ऋण  खोजेरै भएपनि नयाँ जुत्ता लगाउने चलन भयो । महँगो रकम लगानी गरेर जुत्ता लगाएर बिहे गर्न जाने र जुत्ता छालाको हुनाले पुजा गर्दा जुत्ता खोलेर गर्ने चलन रहेको हुदा सालीहरुले भिनाजुको जुत्ता सुरक्षीत तबरले राखिदिने र जाने बेलामा भिनाजु लाई दिने प्रचलन रहेको थियो ।
 भिनाजु का जुत्ता लुकाउने तथा ससुराली गएको बेला सालीले खाना खान दिने भन्ने चलनले साली भेनाको सम्बन्ध हलुका हुन्छ भन्ने चलन थियो । भिनाजु ले आफ्ना जुत्ता सुरक्षित तबरले राखिदिएको मा  सालिहरु  लाई खुशी भएर दक्षिणा स्वरुप केहि रकम दिने चलन चलेको हो तर त्यही परम्परागत कुरा लाई पैसा सङ्ग जोडिनु आजको लागि दु:खद  हो । 
मलाई लाग्छ जुत्ता लुकाएर पैसाको मोलमोलाइ गर्नु दोश्रो दाइजो प्रथा हो यसलाई आजको दिन देखि निर्मुल पार्ने अभियानमा सबै लाग्नु आजको आबस्यकता हो ।