अर्जुन भुसाल / अर्घाखाची डट्कम
अर्घाखाँची । सन्धिखर्क ८ किमडाँडाका टिकाराम नेपालीलेआमा बुवाकाे स्मृतिमा मुखियाचाैरमा प्रतिक्षालय निर्माण गर्नुभएको छ । बुवा लाेकबहादुर र आमा गाेमाकाे सम्झनामा २ लाख ५० हजारकाे लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएकाे हाे ।
आमा गाेमाकाे ०५३ सालसा ६५ वर्ष र बुवा लाेकबहादुरकाे ०५६ सालमा ६२ वर्षकाे उमेरमा निधन भएकाे थियाे । मुखियाचाैर मानिसहरूकाे जमघट हुने स्थल हाे । साे स्थानमा विभिन्न संघ संस्थाका भेला तथा बैठकहरू हुने गरेका छन् । अब ति बैठकहरू प्रतिक्षालय भित्र बसेर गर्न सकिने भएकाे छ ।
नेपालीले प्रतिक्षालय निर्माण गरेपछि स्थानीय खुसी भएका छन् । उहाँले विभिन्न सामाजिक कामहरू गर्दै अाइरहनुभएकाे छ । नेपालीले व्यवसायीक रूपमा कृषि पेशा गर्नुहुन्छ । उहाँले आमा बुवाकाे नाममा समाजिक काम गर्ने लामाे समय देखिकाे इच्छा पूरा भएकाे भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।