नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतम द्वारा पदभार ग्रहण ।

अर्घाखाची डट्कम /काठमान्डौ 
नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भुसालले पदभार ग्रहण गर्नुभएको हो । 
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभामुख भुसालले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताउनुभयो । उहाँले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महसुस गरेको सुनाउनुभयाे । 
उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सदनलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । 
उपसभामुख भुसाल गएकाे शुक्रवार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।