अर्घाखाची डट्कम सम्बाद्ददाता ।
खांचिकोटको पंचासेमा अबैध वालुवा उत्खन गर्ने स्काभेटरलाइ स्थानियहरुले नियन्त्रणमा लिएर प्रहरिलाइ बुझाएका छन । पंचासे क्षेत्रमा बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानिय युवाहरुले उक्त स्काभेटर नियन्त्रणमा लिएका हुन ।
नियन्त्रणमा आएको स्काभेटर इन्द्र बानियाको कम्पनिको भएको नरपानी प्रहरिले बताएको छ । स्काभेटर नया निकालेको फाइनान्स संग सोध्न पर्छ, भन्दै प्रहरिले स्काभेटरको नम्बर अर्घाखाँची डटकम संग बताउन सकेन ।
सोधखोज गर्दा चालकले कम्पनिको नाम नभनेको नरपानी प्रहरि चौकिले बताएको छ । उक्त क्षेत्रमा यस अघि पनि स्थानियहरुले अबैध उत्खनन र ढुवानि गरिरहेका ट्र्याक्ट्ररहरु नियन्त्रणमा लिए पनि खानि माफियाहरुले शक्ति प्रयोग गर्दै छुटाउदै पुन अबैध कार्य जारि राखेकोमा स्थानियले आपत्ति जनाएका छ्न ।
उत्खनन गरिएको क्षेत्रमा खानि माफियाहरुले ब्यक्तिगत जग्गा जे गर्न पनि मिल्छ भन्दै, जनतामा भ्रम फैलाइरहेका छन । ब्यक्तिगत जग्गा वा सार्वजनिक जग्गा खानि संचालन सम्बन्धमा वातावरण,पर्यावरण परिक्षण , मूल्याकंन लगायतका आफ्नै नितिनियम छन। तर ति निति नियमको पालना नगरि बल र घमन्डको आधारमा बारम्बार अबैध कार्य गरिरहेको स्थानियहरुले जनाएका छन ।