बसन्त बहादुर खड्का ,अर्घाखाची डट्कम ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट भुजुङेका कुलबहादुर नेपाली आफ्नै घर राष्ट्रिय जनमोर्चामा फर्किएका छन। २०७९ साउन ४ गते प्रेसवक्तव्य सार्वजनिक गर्दै उहाँ आफ्नै मूलघर राष्ट्रिय जनमोर्चामा फर्किएका हुन।
गत जेठ ३१ गते फुटपरस्तहरूले आफ्नो कार्यकर्ता भन्दै नेपालीको नाम प्रेसविज्ञप्तिमा सामेल गरेका थिए । नेपालीले आफ्नो अनुमति र सल्लाहबिना त्यसरी नाम राख्नुलाई उनीहरूको लज्जास्पद विषय भएको बताएका छन।
प्रेसवक्तव्यमा उहाँले सङ्घीयता खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षा तथा जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा नै देशको स्वच्छ पार्टी भएको बताउछन। ।
यस्तो छ, नेपालीले जारी गरेको प्रेसवक्तव्य :
“यही मिति २०७९ जेठ ३१ गते पत्रकार भेटघाटको सन्दर्भमा वितरित विज्ञप्तिमा मलाई यो कथित राजमो समन्वय समितिमा आबद्ध भएको बताइएको भ्रमित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ । पार्टी दक्षिणपन्थी भयो भनेर आफूलाई क्रान्तिकारी पार्टी बताउनेले कपोल कल्पित भ्रमको खेतीमा हिँडेका साथीहरूले आफूले बिनासल्लाह, अनुमतिबिना त्यो पार्टीमा भएको विज्ञप्ति वितरण गर्नु लज्जास्पद विषय हो ।
सङ्घीयता खारेजी, राष्ट्रियता, गणतन्त्रको रक्षा तथा जनताको जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा देशको स्वच्छ पार्टी हो र हुने छ । त्यसैले आफू राजमोमा रहेको र त्यस्ता भ्रम फैलाएर कसैको विचार, दृष्टिकोणको मानमर्दन नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ । त्यस्ता भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा सम्पूर्ण जनसमुदायलाई गोलबन्द हुन समेत अनुरोध गर्दछु