४० औ बि.पि.स्मृतिको अबसरमा सन्धिखर्क ७ खाचिकोट पंचासेमा नेपाली काङ्ग्रेसको बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न ।

         
अर्घाखाची डट्कम । 
अर्घाखाँची सन्धिखर्क वार्ड न.७ खाचिकोट पन्चासेमा ,  नेपाली काङ्ग्रेस अर्घाखाची जिल्ला समितीले ,  नेपालका महान जननायक राजनेता स्वर्गीय बि.पि. कोइरालाको ४० औ बार्षिक स्मृति अबसरमा बृहत बृक्षरोपण  कार्यक्रम सम्पन्न गरेको छ।
४० औ बि.पि.स्मृतिको अबसरमा सन्धिखर्क ७ खाचिकोट पंचासेमा  नेपाली काङ्ग्रेसको बृहत बृक्षरोपण  कार्यक्रम सम्पन्न ।
 बि.पि. कोईराला काङ्ग्रेसका मात्रै नभयर नेपालकै महान जनप्रिय नेता हुन ,नेपाली जनताको हक हितका लागि ब्यक्तिगत स्वार्थ त्यागी लामो समय जेल, प्रबास जीवन बिताउदै लामो समय देखीको जहानिय राणा शासन अन्त्य गरि देशमा प्रजातन्त्र ल्याउन सफल भएका  हुन। उनका राष्ट्रका लागि अमुल्य योगदान रहेको छ। । नेपाली काङ्ग्रेस बिपिको सिद्धान्त र मार्गलाई अबलम्बन गर्द्छ।
आज यिनै राज नेताको स्मरणमा खाचिकोटको पन्चासेमा भब्य वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ।  उक्त कार्यक्रममा स्थानीय जिल्ला र क्षेत्रीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। बाताबरण संरक्षण र सामाजिक कार्य गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको  थियो।
४० औ बि.पि.स्मृतिको अबसरमा सन्धिखर्क ७ खाचिकोट पंचासेमा  नेपाली काङ्ग्रेसको बृहत बृक्षरोपण  कार्यक्रम सम्पन्न ।
कार्यक्रममा जिल्ला सभापती  केशव श्रेष्ठले सम्पूर्ण काङ्ग्रेस आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर बि.प. को आदर्शलाई अंगिकार गर्दै सुपादेउराली लाई साक्षी राखेर एकताबद्द  भइ सामाजिक काम र पार्टीलाई सुदृढीकरण गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो।
 यदि अन्तर्घात भएन भने  नेपाली काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने जिकिर गर्नु भयो, स्थानिय परिणामलाई भुलेर अब प्रदेश र संघको चुनाबमा केन्द्रित हुन सबैलाई आग्रह गर्नु भयो, प्रदेश र संघको चुनाब नेपाली काङ्ग्रेसले नै जित्ने प्रतिबद्धता ब्यक्त गर्नु  भयो। यस्तै स्थानीय चुनाबमा आफु प्रती लगाएको  अनेक आरोपको समेत उहाले खण्डन गर्नु भयो।
४० औ बि.पि.स्मृतिको अबसरमा सन्धिखर्क ७ खाचिकोट पंचासेमा  नेपाली काङ्ग्रेसको बृहत बृक्षरोपण  कार्यक्रम सम्पन्न ।
 यस्तै लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु मुस्कानले पनि काङ्ग्रेस बिचार र सिद्धान्तले एक हुनुपर्ने र त्यो व्यबहारमा  पनि लागु गर्नु  पर्ने बताउनु भयो। संक्षिप्त बोल्दै यहाँ संचालित चुनढुङ्गा उत्खनन यो क्षेत्र र जिल्लाको लागि हित नभएको जिकिर गर्नु भयो।
४० औ बि.पि.स्मृतिको अबसरमा सन्धिखर्क ७ खाचिकोट पंचासेमा  नेपाली काङ्ग्रेसको बृहत बृक्षरोपण  कार्यक्रम सम्पन्न ।
उक्त वृक्षारोपण कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ प्रमुख अतिथि लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान बिशिस्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ता भन्डारी, शितगङ्गा नगरपालिकाका मेयर छबिलाल पौडेल ,काङ्ग्रेस नेता यादब प्रसाद घिमिरे, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, छ्मा कार्की , मनिराम परियार  ,छ्त्रदेब गाउपालिका अध्यक्ष चन्द्र्मान श्रेष्ठ , नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल लगायतका नेताहरुको उपस्थिती थियो ।
उक्त कार्यक्रममा नरपानी सितापुर र स्थानीय नेता कार्यकर्ताको पनि बाक्लो उपस्थित थियो। कार्यक्रमको सन्चालन नेपाली काङ्ग्रेसका जिल्ला सचीव कृष्ण प्रसाद खनालले गर्नु भएको  थियो।

अन्य समाचारहरु