नमस्ते अर्घाखाँची डट कम

– तिलक सन्जु क्षेत्री
वाङ्ला-८ नेचुरल बस्ती अर्घाखाँची
(हाल यु० ए० इ० अबु धाबी बाट)


कसरी भुलु म अर्घाखाँची डट कम तिमीलाई ?
बिहानीको सिरसिर हावासरी चिसो गाउँ
शान्तिको अग्रदुत विश्वमा चिनाउने नाउँलाई,
कसरी भुलु म अर्घाखाँची डट कम तिमीलाई
याद दिनेलाई सलाम दिन्छु
हात दिनेलाई साथ दिन्छु ,
के भनेर बोलाउ जीवन मेरो नाउँमा बिताउनेलाई ?
कसरी भुलु अर्घाखाँची डट कम तिमीलाई ?
सायरी लेख्दा सायर भन्ने
गित गाउँदा गायक भन्ने
युद्द बाट भागे कायर भन्ने
के भनेर पुकारु सपनिमा आइदिनेलाई ?
कसरी भुलु म अर्घाखाँची डट कम तिमीलाई ?
कसैले प्रेम रोग भने
कसैले प्रेम जोक भने
कसैले प्रेम बैशको जोश भने,
के भनि पुकार्छन छोडी जानेलाई ?
कसरी भुलु म अर्घाखाँची डट कम तिमीलाई ?
मेरो माटो मेरो देश म प्रदेश भएपनि
मेरो यो मात्री भुमी म सबै छोडेर गएपनी
मेरो देश को झन्डा भुल्ने छैन आँधीहुरी आएपनी
विश्वमा चिनाउने नेपाल आमा हृदय देखिनै प्रणाम छ तिमिलाई,
कसरी भुलु म अर्घाखाँची डट कम तिमीलाई