रुद्रमणि भुसाल , अर्घाखाँची ।
अर्घाखाँचीको जिल्ला अदालतले आर्थिक वर्ष २०७८।७९ को बार्षिक लक्ष्य र प्रगतिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जम्मा मुद्दा ४ सय ७४ मा ३ सय ४८ मुद्दा फछयोँट भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार महेश खनालले जानकारी दिनु भयो ।
लक्ष्यको् तुलनामा १ सय ६५ थान मुद्दा बढी फछयौँट भएका हुन् ।फछर्योट हुन बाकी रहेका १सय २६ थान मुद्धामध्ये अधिकाश ६ महिनाभित्र मात्रै दर्ता भएका हुन् ।
अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्धाहरुमा सम्बन्ध बिच्छेदका मुद्धा सबै भन्दा बढी रहेका छन् । एक वर्षको अबधिमा २ सय ६ थान बिच्छेदका मुद्या परेका छन् । त्यसपछि अशं र लेनदेनका मुद्दा बढी परेका छन् । अशंतर्फ ४४ थान र लेनदेनतर्फ २६ थान मुद्दा रहेका छन् ।
सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको कारण अपरिपक्क विवाह ,पारिवारिक असन्तुलन ,वैदेशिक रोजगार , महिला सशक्तिकरणको कमी लगायत रहेका छन् ।
कार्यक्रममा जिल्ला न्यायधिस बासुदेब न्यौपाने , बारका जिल्ला अध्यक्ष बिजय क्षेत्री , लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा पत्रकार , कानुन ब्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन श्रेस्तेदार महेश खनालको संचालनमा सम्पन्न भएको हो ।