रोल्पा । नेकपा (मसाल) निकट विद्यार्थी संगठन अखिल (छैठौं)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक रोल्पामा शुरु भएको छ। रोल्पा उद्योग वाणिज्य संघको हलमा संचालित उक्त बैठक दुईसम्म चल्ने अखिल (छैठौं)ले बताएको छ ।
रोल्पा कम्युनिष्ट आन्दोलनको ईतिहास बोकेको जिल्ला भएकाले नयाँ पुस्तालाई रोल्पाबारे बुझाउन बैठक रोल्पामा आयोजना गरेको अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले बताएका छन् ।
रोल्पाको कम्युनिष्ट विरासत कता जाँदैछ त्यसको अध्ययन रोल्पाबाट गर्नका लागि बैठक स्थल रोल्पा रोजेका हौँ, अध्यक्ष कुँवरले भने ।
सबै विद्यार्थी संगठनका गतिविधि र आन्दोलनहरु शहर मुखी भईरहेको बेला अखिल छैठौंको बैठकले गाउँसँग शहर जोड्न सहयोेग गर्ने अपेक्षा गरेका छौँ, अध्यक्ष कुँवरले भने ।
बैठकमा झापादेखी कंञ्जनपुरसम्मका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको अखिल (छैठौं)का महासचिव सुवास जीसीले जानकारी दिएका छन् ।