किर्गिस्तानको कारासु जिल्लाको सीमा क्षेत्र ओस र जलालावादमा झडप हुँदा कम्तीमा ४६ जनाको मृत्यु


imageबिस्केक –  किर्गिस्तानको कारासु जिल्लाको सीमा क्षेत्र ओस र जलालावादमा झडप हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । यसैगरी, झडपमा दुई सय ५००  भन्दा बढी घाइते भएका छन् । ओस र जलालावाद केही महिनाअघि अपदस्थ भएका राष्ट्रपति कुरमानवेक बाकिएभको पकड क्षेत्र मानिन्छ ।

सो क्षेत्रमा किर्गिस्तानका आदिवासी जनजाति युवाका दुई समूहबीच हिंसात्मक झडप भएको हो । किर्गिस्तानको आरावन आदिवासी युवक र उज्वेकिस्तानमूलका उज्गेन आदिवासी युवक समूहबीच झगडा मच्चिँदा आपसमा गोली हानाहानसमेत भएको छ ।


हिंसाले उग्ररूप लिन थालेपछि सो क्षेत्रमा शुक्रबार बिहानदेखि कफ्र्यु लगाइएको छ । हिंसा प्रभावित जिल्लामा जुन ११ देखि २० सम्म संकटकाल लागू गरिएको कुरा अन्तरिम सरकारका प्रवक्ताले बताएका छन् ।


गृह मन्त्रालयले जनाएअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।



दासप्रथा ताकाको तस्बिर फेला पर्‍यो


नर्थ क्यारोलिना/ अमेरिकामा सन् १८६० चलिरहेको गृहयुद्धताकाको अत्यन्त दुर्लभ तस्बिर फेला परेको छ । तस्बिरमा दुई अपि|mकन, अमेरिकन किशोरलाई मदिरा भण्डारण गर्न प्रयोग हुने ठूलो ठेकी -ब्यारेल) राख्ने खोपीमा बाँधी राखेको दृश्य देखिएको छ ।


अमेरिकी ऐतिहासिक कलाविद् विल स्टापका अनुसार सो तस्बिर सन् १८६० तिर खिचिएको हो । यस तस्बिरले अमेरिकी समाजमा रहेको तत्कालीन सामाजिक क्रूरता झल्काएको छ ।


देख्दै मन पग्लनेगरी दया जाग्ने उक्त तस्बिर दास बनाइएका अपि|mकन, अमेरिकन बालकको हुन सक्ने अनुमान गरिएको छ ।


तस्बिरका बालकमध्ये एकजनाको नाम जोहन रहेको छ । उनलाई सन् १८५४ मा ११५० अमेरिकी डलरमा कतै बिक्री गर्न लगेको समेत कागजपत्रबाट खुलेको छ ।


उक्त दुर्लभ चित्र न्युयोर्कका एकजना पुराना चित्रकला संग्रहकर्ताले ३० हजार अमेरिकी डलरमा खरिद गरेका थिए । अमेरिकी समाजविद्हरूले उक्त चित्रबाट अमेरिकामा तत्कालीन समयमा सामाजिक बर्बरता र मानव दुरुपयोग प्रदर्शन गरेको छ ।



अलीले चीन भ्रमण गर्ने


बेइजिङ/ मोजाम्बिकका प्रधानमन्त्री एडरस बोनिफासियो बापित्सा अलीले जुन १६ देखि २२ सम्म चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता क्विन गाइनाले मोजाम्बिकका प्रधानमन्त्री एडरस बोनिफासियो बापित्सा अलीले चीनको भ्रमण गर्ने बताएका हुन् ।


चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको मैत्रीपूर्ण निमन्त्रणामा अलीले चीनको भ्रमण गर्न लागेका हुन् ।



अहमदिनेजाद चीनमा


सांघाई/ चीनको भ्रमणमा रहेका इरानी राष्ट्रपति मेहमुद अहमदिनेजादले वल्र्ड एक्स्पोको भ्रमणका क्रममा सांघाई पुगेका छन् ।


चीनले इरानविरुद्ध नयाँ आर्थिक नाकाबन्दी लगाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो । चीनले इरानविरुद्ध नाकाबन्दी लगाउने प्रस्तावमा मतदान गरेको दुई दिनपछि अहमदिनेजादले चीन भ्रमण गरेका हुन् । शुक्रबार राष्ट्रपति अहमदिनेजादले सांघाई वल्र्ड एक्स्पोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।