खांचिकोटमा एउटा गजुर लिन १५ जनाको टिम काठमाण्डौ पुग्यो , काठमाण्डौ जाने बिषयमा हातपात


– अर्घाखाची डट्कम ,सम्बाददाता । 
खांचिकोटको  ” कोट भगवति ”  मन्दिरको गजुर ल्याउन भन्दै काठमाण्डौ  हिडेको समुहका सद्स्यले युवा माथि हातपात गरेका छन ।  
tvs
देउरालीमा व्यवसाय गर्ने दुमान थापालाइ देउराली  मन्दिर संरक्षण  समितिका उप सचिव कमल के . सि ले हातपात गरेको आरोप लागेको छ । एउटा गजुर लिन १२/१५ जनाको टोलि श्रावण १९ गते काठमाण्डौ   जादा हामि पनि जान्छौ ,भन्ने बिषयमा बिवाद चुलिदा आफुमाथि हातपात भएको थापाले अर्घाखाची  डटकमलाइ बताए ।
 खांचिकोटमा एउटा गजुर लिन १५ जनाको टिम काठमाण्डौ  पुग्यो , काठमाण्डौ  जाने बिषयमा हातपात ।
हातपात गर्ने कमल के .सी .को बिरुद्दमा नरपानी प्रहरिमा न्यायको लागि निवेदन दिएको पनि दुमान थापाले बताएका छन ।
गजुरको बहानामा हुन लागेको भ्रमण टोलिमा शिक्षकहरु पनि सामेल छन । खाचिकोटको आदर्श माबिका ३ जना र  भृकुटी निमाबि का १ जना गरि चारजना शिक्षकहरु एकै पटक हिड्दा विद्यार्थीको अध्ययनमा असर पर्ने देखिन्छ । 
सुपादेउराली मन्दिर समिति र कोट भगवति मन्दिर समितिका भाइटल पोस्ट , दलहरु आपसमा भागबन्डा गरेर गजुरको बहानामा भ्रमण हिड्दा विद्यार्थीको भबिस्यमाथि खेलवाड गर्दै शिक्षकहरु पनि हिडेका हुन ।

अन्य समाचारहरु