अनिल नेपाली / अर्घाखाची डट्कम सम्बाददाता ।
अर्घाखाँची जिल्लालाई प्राविधिक शिक्षाको हब बनाएर नेपालका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले अर्घाखाँचीमा (एग्रो फरेष्टी) बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ ।
यस शिक्षालयमा अहिले डिप्लोमा तहमा बाली विज्ञान र पशु विज्ञान कार्यक्रममा आधारित विषयहरूको पढाइ भइरहेको छ । आगामी दिनमा थप विभिन्न कार्यक्रमहरू ल्याउने तयारी शिक्षालयको छ ।
प्रस्तुत छ, यसै सन्दर्भमा शिक्षालयको स्थापना, सेवासुविधा, पढाइ हुने विभिन्न विषय र शिक्षालयको आगामी योजना लगायतका विषयमा केन्द्रित भएर एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख डा राजु भुसालसँग पत्रकार अनिल नेपाली ले गरेको कुराकानीको सम्पादित अंश –
१) अहिले शिक्षालयमा कुन कुन बिषयको पढाइ भइरहेको छ ?
– एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयमा हाल डिप्लोमा बाली विज्ञान र पशु विज्ञान कार्यक्रम ३ वर्षे पढाइ भइरहेको छ ।
२) यी विषयहरू अध्ययन गर्नका लागि विद्यार्थीहरूले कति शुल्क तिनुपर्छ ?
– यी दुवै विषय पूरा गर्नका लागि तीन वर्षमा विद्यार्थीहरूले धरौटी सहित ५०,००० हजार शुल्क तिर्नुपर्छ । हामीसँग भएका यी कार्यक्रमहरू निजी प्राविधिक शिक्षालयहरु पढ्दा विद्यार्थीहरुले योभन्दा निकै महँगो शुल्क तिर्नुपर्ने हुन्छ ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय भएकाले हामीकहाँ निकै सस्तो शुल्क छ ।
यसका अतिरिक्त हामीले महिला २/२ दलित २/२ आदिबासी जनजाति पिछडिएको क्षेत्र १ अपाङ्ग द्धन्द्ध पिडित जनआन्दोलनका घाइतेका सन्नती १ मुस्लिम मधेशी १ जिल्लाको छत्रदेब गाँउपालिकाको ४ वटा ४ गरेर प्रदेशको निशुल्क छात्रबृति कोण गरेर ३/३ जेहेन्दार १ /१ परिषद् कर्मचारी कोटा १ खुल्ला १९ / १९ ओटा गरी प्रत्येक बर्ष ४०/४० विद्यार्थीहरूलाई पढाउने गरेका छौं ।
३) डिप्लोमा तहका स्वास्थ्य तिरका पनि धेरै कक्षा सञ्चालन गर्न सकिन्थ्यो ? कृषि र पशुलाई पहिलो प्राथमिकतामा किन राख्नुभयो भविष्यमा अन्य कार्यक्रम थप्ने योजना छ कि छैन् ?
– शिक्षालय सञ्चालन गर्न र भौगोलिक अवस्था अनुसार कृषि तथा पशु विज्ञान उत्तम रहेको र सोही कार्यक्रम अनुसार भवन निर्माण भएकोले अहिले नै विभिन्न कार्यक्रम ल्याउन सकिएको छैन् । निकट भविष्यमा स्वास्थ्यतर्फका कार्यक्रम थप्ने योजना छ । तर स्वास्थ्य कार्यक्रम थप्दा ५० बेड भएको अस्पताल हुनुपर्ने प्रावधान छ । जिल्लामा उक्त पूर्वाधार नभएकोले त्यस्तो पूर्वाधार विकास गरिए थप कार्यक्रम विस्तार गर्न सकिनेछ ।
४) विद्यार्थीहरूको सिप विकासका लागि तपाईँहरूसँग प्रयोगात्मक अभ्यासको अवस्था कस्तो छ?
– सिप विकासको निम्ति हामीकहाँ पूर्वाधार हाल सञ्चालित कार्यक्रमको लागि अन्य ठाउँमा समेत भएका पूर्वाधार छन् । आफ्नै फर्म बाख्रा भेडा कुखुरा गाई भैंसी माछा पोखरी तरकारी उत्पादनलाई टनेल हाउस, नर्सरी हाउस, मसरुम हाउसका साथै दैनिक कार्यको लागि पशु क्लिनिक बाली क्लिनिक तथा खेती योग्य जमिन रहेको छ ।
५) शिक्षालयलाई नमुना बनाउन के कस्ता नीति बनाउँदै हुनुहुन्छ ?
– नमुना बनाउन हामीले कार्ययोजना तयार पारेका छौं । र त्यसैलाई निरन्तरता दिँदै सायद जिल्लाकै नमुना भइसकेको र आगामी दिनमा प्रदेशस्तरीय नमुना बनाउँदै लाने प्रयास गरिरहेका छौं ।
६) अहिले कुन क्षेत्रका विद्यार्थीहरूले खासमा शिक्षालयमा अध्ययन गरिरहेका छन् ?
– हाल शिक्षालयमा लुम्बिनी प्रदेश कर्णाली प्रदेश का जिल्लाका विद्यार्थी गत वर्षसम्म सोचे जस्तो नभएतापनि बढ्ने क्रम जारी रहेको छ ।
७) प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरूले रोजगारी पाउँछन् भन्ने आधार के हो ?
– प्राविधिक शिक्षा विकासको मेरुदण्ड हो । सिप सिकेर हस्तान्तरण गर्नु नै मुख्य उदेश्य हो पढेर जागिर खाने भन्दा आफै उद्यमशील भइ अरुलाई जागिर दिलाउनु नै प्राविधिक शिक्षा हो । हाल रोजगारीका सम्भावना विभिन्न मन्त्रालय कृषि विभाग पशु सेवा विभाग स्थानीय तह प्रदेशतहमा लोकसेवाले विज्ञापन गरिरहेको छ । त्यस्तै नार्क र विभिन्न एनजीओ÷आईएनजीओ फर्ममा पनि रोजगारी पाउने सम्भावना छ ।
८) समय परिस्थितिसँगै विद्यार्थीमा प्राविधिक शिक्षाको मोह बढ्दै गएको छ किन ?
– प्राविधिक शिक्षालयहरूमा मात्रै होइन अन्य शिक्षालयहरूमा पनि संख्या बढिरहेको नै छ । अहिले हाम्रो समाजको चेतनास्तर निकै माथि उठेको छ । सरकारको नीति अनुसार ७०% भन्ने भएता पनि प्राविधिक शिक्षा पढेर कम समयमा रोजगारी पाउन सकिने स्वरोजगारीका अवसर सिर्जना गर्न सकिने भएकोले प्राविधिक शिक्षाप्रति मोह बढ्दै गएको छ ।
९) तपाईको उत्पादित जनशक्ति खासगरी कहाँ सदुप्रयोग भएको छ ?
– हामीका उत्पादित जनशक्ति ६ जना विश्व विधालयमा अध्ययनका क्रममा छ भने अन्य ६ जना स्कुल तथा नगरपालिका गाँउपालिकामा करारमा कार्यरत रहेका छन् भने कतिपय सघ प्रदेशको प्राविधिक सहायककोे रुपमा कार्यरत रहेका छन् हाम्रो प्रथम बर्षका विधार्थी २४ जना विधार्थी रहेकाले सन्तोषजनक उपलब्धीको रुपमा हामीले यसलाई लिएका छौ ।
१०) सबै सर्वसाधारण जनताका बीचमा प्राविधिक शिक्षा पुयाउन के गनुपर्ला ?
– प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा तालिम परिषद्को बारेमा कतिपय ठाँउमा पनि जागरणको अभाव छ । त्यसको लागि प्रचार प्रचार जनचेतना मुलक अभियान चलाउन आवश्यक देखिन्छ ।
११) अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
– तपाईंहरूको लोकप्रिय मिडिया मार्फत् हाम्रा कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा सर्वप्रथम तपाईँको संस्था र तपाईप्रति आभारी छु । प्राविधिक शिक्षामा गुणस्तरीय शिक्षा हेरौं भविष्यमा सुनिश्चित गर्न अभिभावक जागरूक हुन अनिवार्य देखिन्छ । साथै सम्पूर्णको साथ सहयोगको अपेक्षा गर्दछौं ।
– तस्बिर – सरोज भट्टराई ।