न्यायको साझेदारीमा ईन्सेकको पहलकदमी

tvs
अनिल नेपाली ,अर्घाखाँची डट्कम । 
समाजमा मानिसलाई सहज हुदा सबैले सम्मान व्यबहार गर्ने तर आफुलाई समस्या पर्दा कसैले बास्ता पास्ता नगर्ने नेपाली समाजमा  चलन रहेको छ चुनाबको बेलामा धेरै ठुला ठुला भाषण गर्ने तर जनतालाई परेको समस्यामा कसैले वास्ता नगर्ने समाजको चलन रहेको छ ।
 अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ४ की राम प्यारीको अबस्था पनि निकै दयनी थियो उनको आर्थिक अबस्था कमजोर भएकैले उनको घरमा साझ बिहान छाक टार्न समेत समस्या परेको बेलामा जनताको साझेदारी सरकार स्थानीय सरकारले समेत कुनै काम गर्न नसकेको बेलामा  सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङला निवासी राम प्यारी परियारलाई अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय नेपालगंजले न्यायको लागी बहुविवाहको मुद्यामा कानुनी प्रक्रिया अगाडी बढाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
 विगत केहि बर्ष देखी पिडित रामप्यारीका श्रीमानले शितगंगा नगरपालिका वडा नं. १ स्थायी घर भई हाल वुटवल उपमहानगरपालिका वडा नं. ५ हाट वजार बस्ने ४४ बर्षिय जमुना परियार संग दोस्रो विवाह गरेका थिए ।
tvs
 पिडित महिलाले दोस्रो श्रीमातीका साथ बुटवलमा पेसा ब्यवसाय गरि बसेको थाहा पाए पछि जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा आवश्यक परामर्श गरि पिडक गोपाल दर्जी र जमुना परियार विरुद्ध मुद्या दर्ता गराउन लागेकी हुन ।पिडक श्रीमानले बाल बच्चाको रेखदेख पालन पोषण लगायतका कुनै पनि कुरामा साथ नदिएको र उल्टै पारिवारिक, मानसिक यादना दिने गरेका थिए ।
 इन्सेक जिल्ला प्रतिनिधि कुल बहादुर नेपाली ले पडित महिलाको आवस्थाको वारेमा थाहा पाए पछि केहि राहत होस भन्ने उदेश्यले आफुले आवश्यक कागजातहरु जुटाई सहयोगको लागी प्रदेश कार्यालयमा अनुरोध गरेको र त्यहि अनुरोध कारण सहयोग हस्तान्तरण गरेको बताए ।
आर्थिक अवस्था एकदम कम्जोर भएकी उक्त महिलाको छोरा,छोरीको औषधी उपचार गर्न समेत गाँउ गाँउमा सहयोग मागी गर्नु परेको र बस्ने घर समेत बर्षाका कारण कति बेला भत्कने ठेगान नभएको र माथि छानो समेत नहुदा विभिन्न सघं सस्था संग आवश्यक राहतको लागी आवहान गरेको संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँची अध्यक्ष विष्णु परियार बताए ।
 सहयोग हस्तान्तरण कार्यक्रममा दलित महिला संघ जिल्ला सदस्य आसा परियार, जातिय समता समाज जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,नेपाल पत्रकार महासंघ जिल्ला सह सचिव अनिल नेपाली, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला अध्यक्ष सागर परियार लगायतको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु