– रामु खनाल ,मालारानी ७ ,अर्घाखाँची ।
अर्घाखाँची जिल्ला मालारानी गाउँ पालिका वडा नं.७ स्थायी घर भै हाल रुपन्देही जिला बुटवल गोलपार्क अस्थायी बसोबास गर्दै आएका युवा बाबुराम खनालले आफुलाइ उत्कृष्ट मोडलको रूपमा चिनाउन थालेका छन ।
अध्ययनका साथ साथै पेशाले सिजनल मार्केटिङ ब्यबसाय गर्दै आइरहेका खनाल सानै देखी नृत्यमा रुची राख्दथे । विभिन्न क्लव, भैली, सोरठ्ठी आदिका माध्यमबाट जिल्ला स्तरमै राम्रो डान्सरका रुपमा ख्याती पाएका उनि पछिल्लो समय टिकटक बाट समेत भाइरल भएका छन ।
श्रावण महिनाको सुरुवातमै कृयटिभ डान्स सेन्टर अर्घाखाँची द्वारा उत्पादित “है सानु” भन्ने तिज गित होस या नेपाली तिज गित “साथी संगि” बाट होस आफुलाइ सबैको मन मुटुमा बसाउन सफल भएका छन । यहां सम्म आउन कुनै संघर्ष झेल्नु पर्यो कि? भन्ने प्रश्नमा आफु सानै देखी नृत्य प्रती रुची भयको मानिस र जुनसुकै स्थानिय पर्व, मेला महोत्सव आदिमा आफ्नो मौलिक प्रतिभा देखाउदै आएकोले त्यस्तो संघर्ष झेल्न नपरेको बताए ।
त्यस्तै अब मोडलबाट राम्रै आयआर्जन गर्ने सोच बनाउनु भा” होला भन्ने प्रश्नमा- अहिलेको सुचना प्रविधिको युगमा मोडलिङ गरेर थुप्रै आय आर्जन गर्न सकिन्छ जस्तो लाग्दैन । साइड पेसो त गर्नै पर्छ । उनको आकर्षक मोडलप्रति प्रभावित भयर अहिले थुप्रै तिज गितका साथसाथै म्युजिक भिडियोमा मोडल गर्न प्रस्ताव आएको र त्यसको लागी डिलिङ भैरहेको बताए ।
नृत्यका साथसाथै गायन र बाद्यबादनमा पनि अब्बल उनि पर्फेक्ट बाइक राइडर पनि हुन । उनको म्युजिक भिडियो हेर्न Red Apple Media र Mohit Munal Singer नामका You Tube channel हेर्न र subscribe गर्न नभुल्नुहोला ।