अनिल नेपाली ,अर्घाखाची डट्कम।
अर्घाखाँची २४ साउन
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको सडक जीर्ण बन्दै गएको छ। सदरमुकाम सन्धिखर्कको सडकको रुपमा रहेका सडक जीर्ण बन्दै गएको हो। सडक जीर्ण हुँदा सवारी दुर्घटनाको जोखिम बन्ने देखिन्छ । अधिकांश सडकमा भएको ओटासिल कालोपत्रे उक्किएको छ।
सडकमा ठूला–ठूला खाल्डा परेका छन्। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको सवारी चालक बताउँछन। बाटोकै कारण साना सवारी साधनलाई सास्ती छ। यही अवस्थामा सडक रहयो भने जतिबेला नि ठूलो दुर्घटना हुन सक्छ ।’केही बर्ष अगाडि सडक कालोपत्रे गरिएको थियो। सडकमा बर्षेनी राखिएको ठुलो धनरासी कहाँ जान्छ ।
सडकमा बर्षेनी सरकारबाट अरबौ रुपैया सरकारले छुट्याउछ तर सडक नागरिकले भने जस्तो र सोचे जस्तो भने हुदैन नागरिकले सोचे जस्तो सरकारले काम गर्न नसक्नु सबैको लागि दुर्भाग्य मान्निछ ,जसका कारणले बर्षेनी मानिसहरु मुत्युबरण गर्न बाध्य हुन्छन् । तर पनि निर्माण व्यबसायी र सरकारले अपेक्षित उपलब्धी हुने गरी काम गर्न सकेको छैन ।
भिआईपी दैनिक आबात जाबत गर्ने सडक नै जोखिममा छ । सन्धिखर्क सदरमुकाम अर्घाखाँची जिल्लाको मुख्य बजार मानिन्छ ,यहाँ व्यापारीक क्षेत्र र प्रशासनीक क्षेत्रले पनि महत्वपुर्ण मानिन्छ। यस सडकमा सर्बसाधारण देखि स्थानीय सरकारका प्रमुख सम्म दैनिक हिड्छन् तर बाटोको अबस्था भने फेरिन सकेको छैन ।