अनिल नेपाली ,अर्घाखाँची
नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय सचीव तथा प्रतिनिधिसभा सदस्य चक्रपाणि खनाल ( बलदेव ) ले बर्तमान गठबन्धनको सरकार संविधान रक्षाको लागि भएको बताएका छन् । सविधानमा नभएको अधिकार प्रयोग गरेर सविधान र ससदलाई बन्दक बनाएर मुलुकलाई अध्यारो तर्फ जान बाट अहिलेको गठबन्धले निकास दिएर जनताको पक्षमा बर्तमान सरकार निर्माण गरेको बताए ।
नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीको बैठकमा सहभागि हूँन आएका खनालले प्रेस सेन्टरले सदरमुकाम सन्धिखर्कमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
नेता खनालले लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा स्थायित्वको लागि गठबन्धन गरेको बताउदै गठबन्धन हिजोको जस्तो नभै देशलाई राजनितिक स्थायित्व दिने खालको भएको बताए । कार्यक्रममा नेता खनालले यसपटकको निर्वाचनमा माओवादीको चुनाव चिन्ह्बाट डा बाबुराम भट्टराई लड्ने पक्का भैसकेको जानकारी दिए ।
अन्यसंग पनि सम्वाद भैरहेको खनालले बताए । नेता खनालले नेकपा एकीकृत समाजबादीसंग निर्वाचनपछि एकता गर्न कार्यदल बनिसकेको जानकारी दिदै मंसिर ४ मा हुने संघ र प्रदेशको चुनावमा स्थानीय तहको परिणाम अनुसार परिणाम ल्याउने हिसाबले भागबण्डा गर्ने बताए । नेता खनालले भाद्र १५ गते सम्म गठबन्धनको टुङ्गो लाग्ने बताउदै गठबन्धनले नतिजा निकाल्ने जनताका भाबनालाई कदर गदै अगाडि बढ्ने बताए ।
कार्यक्रम प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष ऋषिराम भुसालको अध्यक्षता सचिव बसन्त बिकको संचालनमा सम्पन्न भएको थियो ।