अर्घाखाँचीमा पछिल्लो एक वर्षमा १८ जनालाई सर्पले डस्यो | झारफुकले बिरामीको ज्यान जोखिममा

लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा एक वर्षमा १८ जनालाई सर्पले डसेको छ । अर्घाखाँची अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा १८ जनालाई सर्पले डसेको हो ।
कतिपय व्यक्ती सर्पले डसेपछी सिधै कपिलवस्तु जाने र कतिपय घरेलु उपचार गरेर बस्ने गरेकाले पनि सबै तथ्याङ्क जिल्ला अस्पतालमा नआउने अर्घाखाँची अस्पतालका सुचना अधिकारी निम रानाले जानकारी दिए । जिल्लामा पछिल्लो एक वर्षमा १८ सर्पदंशका घटना देखिएका हुन् । जिल्लामा सर्पदंशको प्राथमिक उपचार पछी सर्पदंश उपचार केन्द्र कपिलवस्तु पठाउने गरिएको छ ।
पहाडी भेगमा विषेश गरी हरियौं, धामन, गोमन लगायतका सर्प पाईन्छन् । सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । पहाडमा तराईको तुलनामा कम विषालु सर्प पाईने भएपनि हरियौं, गोमन लगायत प्रजातीका सर्प बिषालु हुन्छन् ।
सर्पले टोके घरेलु उपायमा अल्झिएर ज्यान जोखिममा नपार्न अर्घाखाँची अस्पतालले अनुरोध गरेको छ । सर्पको टोकाइबाट बच्ने सचेतनाको कारणले स्थानीय झारफुकको भरमा छन्। ‘सर्पले टोक्दा मानिस पहिला झारफुक मै केन्द्रीत हुने गरेका छन्, अस्पताल प्रमुख डा तिवारीले भने, ‘जब गम्भीर बन्छ अनि मात्र उपचारको उपायहरु खोज्छन्। तब सम्म ढिलो भइसक्छ।’
सर्पले टोक्यो भने तुरुन्त अस्पताल आउन उनले आग्रह गरे ।

अन्य समाचारहरु